प्रदीपको दाबी- कार्यसम्पादन बैठकपछि महाधिवेशन कार्यतालिका आउँछ « Khabarhub

प्रदीपको दाबी- कार्यसम्पादन बैठकपछि महाधिवेशन कार्यतालिका आउँछ


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन अगाडि महाधिवेशन गर्नका लागि कार्यतालिका आज सार्वजनिक गर्ने दाबी गरेका छन् ।

आज बस्ने कार्य सम्पादन समितिको बैठक पछाडि महाधिवेशनको तालिका सार्वजनिक हुने उनको दाबी छ । 

‘हामी सबैको लगभग सहमति जुटेको छ निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन गर्नुपर्छ भन्नेमा । आजको कार्यसम्पादन बैठक पछाडि महाधिवेशन कार्यतालिका सार्वजनिक हुन्छ।’ पौडेलले खबहबलाई भन,’कार्यतालिका सार्वजनिक गर्ने कुरामा लगभग सबै सहमत देखिनुहुन्छ। मलाई लाग्छ आजको बैठकमा कार्यवाहक सभापतिले पनि क्लियर गराएर महाधिवेशन निर्वाचन अगाडि नै गर्ने बाटो बनाउनुहुन्छ।’ 

पौडेल फागुन २१ गते हुने निर्वाचन अगाडि महाधिवेशन हुन्छ कि पछाडि भन्नेमा भने यकिन धारणा दिन सक्दैनन् । 

यसबारे उनले भने,’हाम्रो प्रयास त फागुन २१ को निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन गरौँ भन्ने छ । जसरी पनि हामी यो बाटोमा जान्छौँ।’

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : २७ बजे

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा

सांसद डाक्टर शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’  बजारमा 

काठमाडौं– राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो

रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म

काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

एनसिसी अल्मुनाइको आठौँ वार्षिकोत्सव

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रप्रति समर्पित अनुशासित, नैतिकवान्, इमानदार र

सौर्य जहाज दुर्घटनामा तीन सन्तान गुमाएका पत्रकार खतिवडाको सरकारसँग गुहार : म गलत भए भनिदिनुस्, होइन भने पहल गरिदिनुस्

काठमाडौं– सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा आफ्ना तीन सन्तान गुमाएका सञ्चारकर्मी