प्रदीपको दाबी- कार्यसम्पादन बैठकपछि महाधिवेशन कार्यतालिका आउँछ « Khabarhub

प्रदीपको दाबी- कार्यसम्पादन बैठकपछि महाधिवेशन कार्यतालिका आउँछ


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन अगाडि महाधिवेशन गर्नका लागि कार्यतालिका आज सार्वजनिक गर्ने दाबी गरेका छन् ।

आज बस्ने कार्य सम्पादन समितिको बैठक पछाडि महाधिवेशनको तालिका सार्वजनिक हुने उनको दाबी छ । 

‘हामी सबैको लगभग सहमति जुटेको छ निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन गर्नुपर्छ भन्नेमा । आजको कार्यसम्पादन बैठक पछाडि महाधिवेशन कार्यतालिका सार्वजनिक हुन्छ।’ पौडेलले खबहबलाई भन,’कार्यतालिका सार्वजनिक गर्ने कुरामा लगभग सबै सहमत देखिनुहुन्छ। मलाई लाग्छ आजको बैठकमा कार्यवाहक सभापतिले पनि क्लियर गराएर महाधिवेशन निर्वाचन अगाडि नै गर्ने बाटो बनाउनुहुन्छ।’ 

पौडेल फागुन २१ गते हुने निर्वाचन अगाडि महाधिवेशन हुन्छ कि पछाडि भन्नेमा भने यकिन धारणा दिन सक्दैनन् । 

यसबारे उनले भने,’हाम्रो प्रयास त फागुन २१ को निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन गरौँ भन्ने छ । जसरी पनि हामी यो बाटोमा जान्छौँ।’

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : २७ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)