जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि « Khabarhub

जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न  जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी हुने जनसेवा युवा क्लबलाई रु एक लाखसहित उपाधि प्रदान गरिएको छ ।

जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न सो प्रतियोगितामा आयोजक टोली चन्दननाथ–३ भने दोस्रो भई ५० हजार जित्न सफल भएको छ ।  जिल्लाका ४४ टिमले भाग लिएको सो खुला फुटबल प्रतियोगितामा पहिलो हुने जनसेवा युवा क्लबले आयोजक टोलीलाई टाइब्रेकरमार्फत एक गोलले पछि पारेको थियो ।

कार्यक्रम समापनपछि चन्दननाथ–३ का वडाध्यक्ष रतन खत्रीले खेलकुदमार्फत युवासहित समग्र खेलप्रेमीबीच आपसी सम्बन्ध विस्तार, सद्भाव र एकताको वातावरण सिर्जना गर्न जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको बताए।

यसैगरी नगरप्रमुख राजुसिंह कठायतले युवाहरूको भावना र चाहनाबमोजिम खेल क्षेत्रको विकास एवं विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लास्तरीय प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिए ।
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : ४१ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना