जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि « Khabarhub

जनसेवा युवा क्लबलाई एक लाखसहित उपाधि


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

जुम्ला– चन्दननाथ नगरपालिकाको आयोजनामा सम्पन्न  जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजयी हुने जनसेवा युवा क्लबलाई रु एक लाखसहित उपाधि प्रदान गरिएको छ ।

जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न सो प्रतियोगितामा आयोजक टोली चन्दननाथ–३ भने दोस्रो भई ५० हजार जित्न सफल भएको छ ।  जिल्लाका ४४ टिमले भाग लिएको सो खुला फुटबल प्रतियोगितामा पहिलो हुने जनसेवा युवा क्लबले आयोजक टोलीलाई टाइब्रेकरमार्फत एक गोलले पछि पारेको थियो ।

कार्यक्रम समापनपछि चन्दननाथ–३ का वडाध्यक्ष रतन खत्रीले खेलकुदमार्फत युवासहित समग्र खेलप्रेमीबीच आपसी सम्बन्ध विस्तार, सद्भाव र एकताको वातावरण सिर्जना गर्न जिल्लास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको बताए।

यसैगरी नगरप्रमुख राजुसिंह कठायतले युवाहरूको भावना र चाहनाबमोजिम खेल क्षेत्रको विकास एवं विस्तारका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्लास्तरीय प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिए ।
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  १ : ४१ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ