सरकारको संवैधानिक परीक्षण हुनुपर्छ : महासचिव पोखरेल « Khabarhub

सरकारको संवैधानिक परीक्षण हुनुपर्छ : महासचिव पोखरेल


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको संवादमा उनले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्न नहुने तर्क गरे।

महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनामा आन्दोलन कम अपराध बढी भएको टिप्पणी गरे। उनले सो आन्दोलन अग्रगमनका लागि नभइ पश्चगमनका लागि भएको आरोप लगाए। 

निर्वाचनको लागि गठन भएको यो सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याडेट’ दिएको बताउँदै उनले निर्वाचनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए। 

महासचिव पोखरेलले राज्यमाथि नियोजित रूपमा आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने उल्लेख गर्दै प्रहरी प्रशासनको मनोबल उच्च राख्नका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए। उनले जेलबाट भागेका मानिसहरूले दैनिकजसो कुनै न कुनै घटना गराइरहेकाले त्यसतर्फ सरकार सचेत रहनुपर्ने बताए।
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ३ : २० बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)