सरकारको संवैधानिक परीक्षण हुनुपर्छ : महासचिव पोखरेल | Khabarhub Khabarhub

सरकारको संवैधानिक परीक्षण हुनुपर्छ : महासचिव पोखरेल


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालले आज काठमाडौँमा आयोजना गरेको संवादमा उनले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्न नहुने तर्क गरे।

महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनामा आन्दोलन कम अपराध बढी भएको टिप्पणी गरे। उनले सो आन्दोलन अग्रगमनका लागि नभइ पश्चगमनका लागि भएको आरोप लगाए। 

निर्वाचनको लागि गठन भएको यो सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याडेट’ दिएको बताउँदै उनले निर्वाचनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए। 

महासचिव पोखरेलले राज्यमाथि नियोजित रूपमा आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने उल्लेख गर्दै प्रहरी प्रशासनको मनोबल उच्च राख्नका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए। उनले जेलबाट भागेका मानिसहरूले दैनिकजसो कुनै न कुनै घटना गराइरहेकाले त्यसतर्फ सरकार सचेत रहनुपर्ने बताए।
 

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ३ : २० बजे

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २८ गते शुक्रबार। मंसिर

एभरेस्ट महिला भलिबल: पोखराविरुद्ध काठमाडौं स्पाइकर्सको जित

काठमाडौं- एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौं स्पाइकर्सले जित निकालेको