संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान « Khabarhub

कांग्रेसको विवाद चर्कियो

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद झन् तीव्र बनेको छ।

नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समूहले फागुन २१ अघि नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दबाब दिइरहेको छ।

उनीहरूले त्यसका लागि कार्यतालिका बनाएर स्थगित केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न तयारी गरेका छन्।

तर कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थापन पक्ष भने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा अडानमा छ।

यही विषयलाई लिएर सोमबार नयाँबानेश्वरमा बसेको संस्थापन पक्षका नेताहरूको भेलाले केन्द्रीय कार्यसमिति बैठकका लागि ७ बुँदे प्रस्ताव पारित गरेको छ। केन्द्रीय सदस्य गुरू बरालका अनुसार फागुन २१ पछि मात्रै महाधिवेशनमा जाने गरी उक्त सात बुँदे प्रस्ताव अघि सारिएको हो ।

संस्थापन पक्षले पेस गरेको ७ बुँदे प्रस्ताव

१. फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण पार्टी तहलाई आह्वान गर्ने।

२. पुस १५ भित्र क्रियाशील सदस्यता नवीकरण र वितरण पूरा गर्ने, घरदैलो र जागरण अभियान सञ्चालन गर्दै संगठनलाई निर्वाचनका लागि तयार पार्ने।

३. प्रतिनिधि सभा निर्वाचनपछि वैशाख २५ देखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने।

४. समानुपातिक र राष्ट्रिय सभा उम्मेदवारहरूमा पार्टीका हालसम्म अवसर नपाएका सदस्यहरूलाई प्राथमिकता दिने।

५. युवा नेतृत्वलाई प्रतिनिधित्व दिलाउने, विशेष गरी कार्यसम्पादन समिति र संसदीय समितिमा अवसर नपाएका युवामध्येबाट चयन गर्ने।

६. क्रियाशील सदस्यता छानबिन समिति तत्काल गठन गर्ने।

७. विधान संशोधन समिति गठन गर्ने।

भेलामा सहभागी नेताहरूले कांग्रेसले अहिले निर्वाचन तयारीलाई प्राथमिकता दिनुपर्ने र महाधिवेशन त्यसपछि मात्रै उपयुक्त हुने बताएका छन्।

यसअघि शेखर–गगन समूहले भने पार्टीभित्र नेतृत्व परिवर्तन र संरचनागत सुधारका लागि महाधिवेशन अब ढिला गर्न नहुने भन्दै दबाब दिँदै आएको छ।

यसैबीच, स्थगित केन्द्रीय कार्यसमिति बैठक आगामी दिनहरूमा पुनः बस्ने र त्यही बैठकमा दुबै पक्षका प्रस्तावहरूमा निर्णायक छलफल हुने बताइएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : १२ बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट