संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान | Khabarhub Khabarhub

कांग्रेसको विवाद चर्कियो

संस्थापन पक्षको ७ बुँदे प्रस्ताव, फागुन २१ को चुनावमा भाग लिएर आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने अडान


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति र समयलाई लिएर नेताहरूबीचको विवाद झन् तीव्र बनेको छ।

नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको समूहले फागुन २१ अघि नै पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दबाब दिइरहेको छ।

उनीहरूले त्यसका लागि कार्यतालिका बनाएर स्थगित केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्न तयारी गरेका छन्।

तर कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको संस्थापन पक्ष भने आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा अडानमा छ।

यही विषयलाई लिएर सोमबार नयाँबानेश्वरमा बसेको संस्थापन पक्षका नेताहरूको भेलाले केन्द्रीय कार्यसमिति बैठकका लागि ७ बुँदे प्रस्ताव पारित गरेको छ। केन्द्रीय सदस्य गुरू बरालका अनुसार फागुन २१ पछि मात्रै महाधिवेशनमा जाने गरी उक्त सात बुँदे प्रस्ताव अघि सारिएको हो ।

संस्थापन पक्षले पेस गरेको ७ बुँदे प्रस्ताव

१. फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सक्रिय सहभागिता जनाउन सम्पूर्ण पार्टी तहलाई आह्वान गर्ने।

२. पुस १५ भित्र क्रियाशील सदस्यता नवीकरण र वितरण पूरा गर्ने, घरदैलो र जागरण अभियान सञ्चालन गर्दै संगठनलाई निर्वाचनका लागि तयार पार्ने।

३. प्रतिनिधि सभा निर्वाचनपछि वैशाख २५ देखि २८ गतेसम्म पार्टीको १५औँ महाधिवेशन गर्ने।

४. समानुपातिक र राष्ट्रिय सभा उम्मेदवारहरूमा पार्टीका हालसम्म अवसर नपाएका सदस्यहरूलाई प्राथमिकता दिने।

५. युवा नेतृत्वलाई प्रतिनिधित्व दिलाउने, विशेष गरी कार्यसम्पादन समिति र संसदीय समितिमा अवसर नपाएका युवामध्येबाट चयन गर्ने।

६. क्रियाशील सदस्यता छानबिन समिति तत्काल गठन गर्ने।

७. विधान संशोधन समिति गठन गर्ने।

भेलामा सहभागी नेताहरूले कांग्रेसले अहिले निर्वाचन तयारीलाई प्राथमिकता दिनुपर्ने र महाधिवेशन त्यसपछि मात्रै उपयुक्त हुने बताएका छन्।

यसअघि शेखर–गगन समूहले भने पार्टीभित्र नेतृत्व परिवर्तन र संरचनागत सुधारका लागि महाधिवेशन अब ढिला गर्न नहुने भन्दै दबाब दिँदै आएको छ।

यसैबीच, स्थगित केन्द्रीय कार्यसमिति बैठक आगामी दिनहरूमा पुनः बस्ने र त्यही बैठकमा दुबै पक्षका प्रस्तावहरूमा निर्णायक छलफल हुने बताइएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ८ : १२ बजे

मंसिरमा महाधिवेशन गर्न सकिँदैन भन्न मिल्दैन : कांग्रेस नेता भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मंसिरमा महाधिवेशन गर्न

स्थानीयवासीको जिज्ञासा : लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ? 

भोजपुर– उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा

काभा महिला भलिबल च्याम्पियनसीप कोलम्बोमा आजदेखि

काठमाडौं – काभा यू-१९ महिला भलिबल च्याम्पियनसीप आजदेखि सुरु हुँदैछ

वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित

रौतहट– गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती

राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज ‘सामाजिक विकासका लागि दोस्रो