क्यान महानिर्देशक अधिकारीलाई अख्तियारले नियन्त्रणमा लियो  « Khabarhub

क्यान महानिर्देशक अधिकारीलाई अख्तियारले नियन्त्रणमा लियो 


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।

यसअघि बोलाएर बयान लिएको अख्तियारले अधिकारीलाई विशेष अदालतमा मुद्दा चलाउन नियन्त्रणमा लिएको हो ।

अख्तियारले अधिकारीसहित क्यानकै पूर्वनिर्देशनक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराउँदैछ ।

यसअघि अख्तियारमा उपस्थित भएर बयान दिइरहेका उनीहरू बुधबार तारेखमा पुगेपछि नियन्त्रणमा लिएर मुद्दा चलाउन लागिएको हो ।

दुवैजनाविरुद्ध सम्भवत: बुधबार नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर हुनेछ । उनीहरूविरुद्ध भक्तपुरस्थित नलिनचोकमा बनाइएको हेलिप्याडमा भ्रष्टाचार गरेको आरोप छ । अधिकारी भैरहवार पोखरा विमानस्थल निर्माणमा भएको हिनामिना प्रकरणमा पनि अनुसन्धान तानिँदैछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  २ : १४ बजे

तीन महिनाभित्र वधशाला ऐन कार्यान्वयन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं- कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले तीन महिनाभित्र पशु वधशाला

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले