सुरक्षाको प्रत्याभूतिसँगै नीतिगत स्थायित्वका लागि मुख्य सचिवसमक्ष चेम्बरको सुझाव « Khabarhub

सुरक्षाको प्रत्याभूतिसँगै नीतिगत स्थायित्वका लागि मुख्य सचिवसमक्ष चेम्बरको सुझाव


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालसँग आज भेटवार्ता गरेको छ ।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले बुधबार मुख्यसचिव अर्याललाई बधाई दिदैँ अर्थतन्त्र सुधारका लागि चाल्नुपर्ने कदमबारे सुझाएको छ । 

चेम्बर अफ कमर्सले राजनीतिक स्थायित्व र आर्थिक नीतिगत स्थायीत्व नभएसम्म निजी क्षेत्रको मनोबल र लगानीप्रति आकर्षण बढ्न नसक्ने मुख्यसचिव अर्याललाई सुझाव दिएको हो । 

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एकतर्फ नीतिगत परिवर्तनको जोखिम अर्कोतर्फ आन्दोलन र तोडफोडको डरले व्यवसायीहरू त्रसित अवस्थामा रहेका छन ।

मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत हाराहारीमा योगदान रहेको र समग्र अर्थतन्त्रको मुहान नै निजी क्षेत्र भएकाले निजी क्षेत्र सुदृढ नभएसम्म आर्थिक गतिविधि विस्तार, लगानी, रोजगारी सृजना एवं राजश्व परिचालन हुन नसक्ने चेम्बरले जनाएको छ । 

चेम्बरले कालो सूची सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुद्धारा लागू गरिएको प्रावधानहरू कठोर र अपारदर्शी भएको भन्दै मुख्यसचिव अर्याल समक्ष ध्यानाकर्षण गराएको छ ।

चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कुनै एक व्यक्ति वा फर्म कालोसूचीमा परेको अवस्थामा उसको आंशिक स्वामित्व वा संलग्नताले अन्य फर्महरुलाई बैंकिङ सुविधा प्रयोग गर्न अवरोध गर्दा ती निर्दोष साझेदार र सञ्चालकहरू पनि समस्यामा पर्न गएका छन ।’

कालो सूचीसम्बन्धी अव्यवहारिक प्रावधान, चालु पुजि कर्जा निर्देशिका लगायतका कारण लगानीमैत्री र औद्योगिक वातावरण बन्न नसकेको अध्यक्ष अग्रवालले बताए । मुख्यसचिव अर्याल समक्ष चेम्बर अध्यक्ष अग्रवालले राष्ट्र बैंकद्धारा जारी चालुपूजि कर्जा निर्देशिकालाई खारेज गर्नुपर्ने सुझाव दिए ।

सुझावमा भनिएको छ, ‘लगानीमैत्री वातावरण निर्माणका लागि पहिलो आवश्यकता सुशासनको प्रत्याभूत नै हो, ।’

बीमाको दायरा विस्तार गरेर लगानी प्रवर्द्धन एवं सुरक्षासम्बन्धी नीतिगत व्यवस्था गर्न समेत चेम्बरले सुझाव दिएको छ ।

सहकारी क्षेत्रको समस्या समाधान र बैक तथा वित्तीय संस्थामा बढेको खराब कर्जाको व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन आयोग गठन गर्न समेत चेम्बरले सुझाव दिएको छ ।  

सरकारले विगतमा उपलब्ध गराउँदै आएको निर्यात अनुदान हाल रोकिएकाले अनुदानको निरन्तरता र स्वीकृत अनुदानको भुक्तानी उपलब्ध गराउन पनि चेम्बरले मुख्य सचिव अर्याल समक्ष ध्यानाकर्षण गराएको छ । 

कुल गार्हस्थ उत्पादन जीडीपीको तुलनामा नेपालमा राजश्व परिचालन दक्षिण एसियाकै उच्च रहेको चेम्बरले जनाएको छ । एकातर्फ खुला सीमाना र अर्कोतर्फ भारतमा जीएसटीका दरहरूमा भएको व्यापक कटौतीका कारण अविलम्व भन्सार दर एवं मुल्य अभिवृद्धि करका दुई दरको समय सापेक्ष पुनरावलोकन आवश्यक रहेको चेम्बरले उल्लेख गरेको छ ।

नकारात्मक सूची बाहेक उत्पादन हुने सबै वस्तुमा अन्तशुल्क हटाइनुपर्ने र २४ वर्ष पुरानो आयकर ऐन २०५८ लाई सरल सहज र करदाता मैत्री बनाउनुपर्ने चेम्बरले जनाएको छ । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : १७ बजे

लागूऔषध खैरो हेरोइनसहित चार जना पक्राउ

बागमती– प्रतिबन्धित लागूऔषध खैरो हेरोइन खरिद बिक्री गरिरहेको अवस्थामा मकवानपुरको

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

त्रिशूली– ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा

विराटनगरविरुद्ध लुम्बिनीका ओपनर सर्टको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन थाले

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टचारविरुद्धको कारबाही नरोकिने बताएकी छन् ।

खेल १० ओभरमा पुग्दा विराटनगरविरुद्ध लुम्बिनीले जोड्यो ६९ रन

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबारको