प्रलोपाले विभिन्न माग राखेर प्रधानमन्त्री कार्कीलाई बुझायो ज्ञापनपत्र « Khabarhub

प्रलोपाले विभिन्न माग राखेर प्रधानमन्त्री कार्कीलाई बुझायो ज्ञापनपत्र


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १८ वर्ष उमेरबाटै जनप्रतिनिधिको उम्मेदवार बन्न र चुनिन पाउने थप कानून व्यवस्थाको सुनिश्चितता लगायतका माग राख्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाएको छ ।  

बुधबार सिंहदरबारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई भेटेर विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएको हो । 

प्रलोपाले फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने वातावरण बनाउनुपर्ने, विदेशमा रहेका नेपालीको मताधिकार, भ्रष्टाचार छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने लगायतमा माग राखेका छन् ।

त्यस्तै जेन-जी जनआन्दोलनको म्यान्डेटलाई स्वीकार गर्दै आन्दोलनकारी शक्तिहरूसँगको सम्झौता पत्रमा तत्काल हस्ताक्षर गर्न समेत ध्यानाकर्षण गराइएको  प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँतीले जानकारी दिए ।

त्यसैगरि जेन-जी आन्दोलनका क्रममा भएको दमनको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्ने, सहकारी पीडितहरूको पाँच लाखसम्मको बचत रकम तत्काल सरकारले क्षतिपूर्ति स्वरूप उपलब्ध गराउनुपर्ने, मिटरब्याजी र लघुवित्तको ठगी रोक्नुपर्ने तथा आर्थिक मन्दीका कारण समस्यामा परेका साना उद्यमीहरूलाई कालो सूचीबाट हटाउनुपर्ने लगायतका माग प्रस्तुत गरिएको उनले बताए ।

त्यस्तै प्रलोपाले वैदेशिक रोजगारीमा जानेहरूका लागि श्रम स्वीकृति र भन्सार सुविधामा सरलीकरण तथा विदेश पढ्न जाने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर को प्रक्रिया झन्झटरहित बनाउनुपर्ने, किसानहरूलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराउनुपर्ने लगायतका माग अघि सारेको छ । 

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ५ : ३३ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम