भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक « Khabarhub

भियतनाममा युटिआर अन्तरराष्ट्रिय टेनिस खेल्दै अभिषेक


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोलाले नेपालको प्रतिनिधित्व गर्दै भियतनाममा सञ्चालन हुने युटिआर अन्तरराष्ट्रिय टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

यही मङ्सिर २२ देखि २८ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा २३ वर्षीय बास्तोलाले प्रतिस्पर्धा गर्ने भएका हुन् । उनी अमेरिकामा अध्ययनरत छन् । बास्तोला अन्तरराष्ट्रिय टेनिस महासङ्घ (आइटिएफ)को विश्व वरियताका खेलाडी हुन् ।

पोखरामा आज आयोजित कार्यक्रममा उनले तयारी राम्रो रहेकाले भियतनाममा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । बास्तोलाका अनुसार युटिआर रेटिङ १ देखि १६ भित्रका खेलाडीबीच प्रतिस्पर्धा हुन्छ ।

“युटिआर टेनिस प्रोमा विश्वका तीन हजार वरियताभित्रका खेलाडी आमन्त्रण गरिन्छ । यसभित्रको खेलाडी मात्र खेल्न मिल्छ । चाहना भएर मात्र हुँदैन तोकिएको (याङ्किङ हुनुप¥यो । यो प्रतियोगिता खेल्ने म एक्लो नेपाली खेलाडी हुँ”, उनले भने ।

पोखराबाट आठ वर्षको उमेरमा टेनिस खेल जीवन सुरू गरेका बास्तोलाले १३ वर्षदेखि अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । हालसम्म उनले २२ राष्ट्रमा प्रतिस्पर्धा गरिसकेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : १८ बजे

ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आजको

क्षत्रवतीका दुई सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-८ मा रहेको क्षत्रवती माध्यमिक विद्यालयको ५९औँ

सर्लाहीमा गगनका प्रतिस्पर्धी छैनन्, १० हजार मतान्तरको जित हुन्छ : सरोज कुमार

काठमाडौं– नेपाली काङ्ग्रेसले सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा