तेह्र वर्षमा २१ लाख बिरामीको उपचार « Khabarhub

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल दासले नेतृत्व गर्नुभएको मध्यपुरथिमि नगरपालिका–१ मनोहरास्थित बिपी नेत्र प्रतिष्ठानले स्थापनाको १३ वर्षमा २१ लाख बिरामीलाई सेवा प्रदान गरेको छ ।

विश्व अपाङ्ग दिवसको अवसर पारेर अस्पतालले आज यहाँ आयोजना गरेको १३औँ वार्षिकोत्सव कार्यक्रममा अस्पताल स्थापनाको सो अवधिमा प्रदान गरेको सेवाका बारेमा जानकारी दिइएको हो । मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले प्रतिष्ठानको रुपमा सञ्चालित अस्पतालले आँखाको मात्रै नभई नाक, कान र घाँटीकोसमेत विशेषज्ञ चिकित्सकद्वारा उपचार हुँदै आएको जानकारी दिए।

प्रतिष्ठानका लागि बागमती प्रदेश सरकारले रु ६० लाख यस प्रतिष्ठानका लागि पठाएको बताउँदै उक्त रकम नगरपालिकाले निकासा गर्ने उनले बताए । प्रतिष्ठानका अध्यक्ष एवं दिव्य शताब्दी पुरुष १०२ वर्षीय दासले अस्पतालले वार्षिक एक लाखदेखि एक लाख ५० हजार नागरिकलाई आँखा, नाक, कान, घाँटीको उपचार सेवा प्रदान गरेको बताए ।

उनले आर्थिक अवस्था कमजोर भएका देशभरका नेत्रहिन र कान नसुन्ने बालबालिकाको निःशुल्क उपचार गर्नुका साथै उनीहरूको शिक्षा, परामर्श सेवा प्रदान गर्दै आएको बताए। कार्यक्रममा प्रतिष्ठानले केन्द्रमा कार्यरत कर्मचारी सचिन श्रेष्ठलगायतका उत्कृष्ट कर्मचारीलाई मेडल, प्रमाणपत्रसहित पुरस्कृत गरेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  १० : ५० बजे

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,