बलोचिस्तानमा मानव अधिकार उल्लंघनका घटना बढेकोबारे बेलायती संसदमा उठ्यो आवाज « Khabarhub

बलोचिस्तानमा मानव अधिकार उल्लंघनका घटना बढेकोबारे बेलायती संसदमा उठ्यो आवाज


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा मानव अधिकार उल्लंघनका घटना बढेको विषयमा बेलायती संसदमा आवाज उठेको छ । बेलायतको सत्तारुढ लेबर पार्टीका सांसद जोन म्याकडोनलले संसदमा यसबारे आवाज उठाएका हुन् ।

संसदीय रेकर्डमा राखिएको प्रश्नमा उनले नसरिना बलोच, महजबिन बलोचजस्ता महिलालाई जबरजस्ती बेपत्ता पारिएको घटना, आन्तरिक सुरक्षा कारवाहीमा चालकरहित हवाइ उपकरण ड्रोन प्रयोग गरिएको घटनाजस्ता विषयमा प्रश्न उठाएका हुन् ।

उनले लिखित रुपमा यसबारे मुख्यगरी तीन वटा प्रश्न उठाएको बलोचिस्तान पोस्टले जनाएको छ । ती प्रश्नहरुमा बलोचिस्तानमा जारी मानव अधिकार उल्लङ्घनका घटनाबारे विदेशमन्त्रीले पाकिस्तानी अधिकारीसमक्ष उठाएको प्रश्नबारे जानकारी दिन आग्रह गरिएको छ ।

त्यसैगरी, बेलायतले आपूर्ति गरेका रक्षा तथा सैन्य उपकरण बलोचिस्तानमा जारी कारवाहीमा प्रयोग भए नभएकोबारे जानकारी दिन र आन्तरिक सुरक्षा कारवाहीका क्रममा प्रयोग भएको ड्रोनमा बेलायतले अनुमतिपत्र प्रदान गरेका सैन्य वा दोहोरो प्रयोगमा आउने उपकरण जडान भए नभएकोबारे जानकारी दिन आग्रह गरिएको छ ।

केही समयअघि पाकिस्तानी सुरक्षा बलले खुजदार जिल्लाको जेहरी क्षेत्रमा ड्रोनको प्रयोग गरेको समाचार सार्वजनिक भएको थियो । उक्त घटनामा चार बालबालिकासहित छ जनाको ज्यान गएको थियो ।

त्यसैगरी, गत मे महिनामा महजबिन बलोच नामक अपाङ्ग विद्यार्थीलाई बेपत्ता पारिएको थियो । त्यस्तै, नोभेम्बर महिनामा नसरिन बलोच नाम गरेकी किशोरी पनि बेपत्ता भएकी थिइन् ।

म्याकडोनलले दर्ता गराएको प्रश्नमा बेलायत सरकारसमक्ष यस्ता घटनाबारे थप कदम चाल्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : २९ बजे

कांग्रेस महाधिवेशनको बन्द सत्र : सभापतिको प्रतिवेदनमाथि तीन छुट्टाछुट्टै हलमा छलफल

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२

कांग्रेस महाधिवेशनको बन्द सत्रमा सभापति थापाले प्रस्तुत गेको प्रतिवेदनमा के छ ? पूर्णपाठ

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रमा

इमरान खानको रिहाइ माग्दै समर्थकको इस्लामावादतर्फ मार्च

इस्लामावाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उहाँका

अमेरिकी नाकाबन्दीबीच इरानका तेलमन्त्रीले दिए राजीनामा

तेहरान- संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी