बलोचिस्तानमा मानव अधिकार उल्लंघनका घटना बढेकोबारे बेलायती संसदमा उठ्यो आवाज « Khabarhub

बलोचिस्तानमा मानव अधिकार उल्लंघनका घटना बढेकोबारे बेलायती संसदमा उठ्यो आवाज


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा मानव अधिकार उल्लंघनका घटना बढेको विषयमा बेलायती संसदमा आवाज उठेको छ । बेलायतको सत्तारुढ लेबर पार्टीका सांसद जोन म्याकडोनलले संसदमा यसबारे आवाज उठाएका हुन् ।

संसदीय रेकर्डमा राखिएको प्रश्नमा उनले नसरिना बलोच, महजबिन बलोचजस्ता महिलालाई जबरजस्ती बेपत्ता पारिएको घटना, आन्तरिक सुरक्षा कारवाहीमा चालकरहित हवाइ उपकरण ड्रोन प्रयोग गरिएको घटनाजस्ता विषयमा प्रश्न उठाएका हुन् ।

उनले लिखित रुपमा यसबारे मुख्यगरी तीन वटा प्रश्न उठाएको बलोचिस्तान पोस्टले जनाएको छ । ती प्रश्नहरुमा बलोचिस्तानमा जारी मानव अधिकार उल्लङ्घनका घटनाबारे विदेशमन्त्रीले पाकिस्तानी अधिकारीसमक्ष उठाएको प्रश्नबारे जानकारी दिन आग्रह गरिएको छ ।

त्यसैगरी, बेलायतले आपूर्ति गरेका रक्षा तथा सैन्य उपकरण बलोचिस्तानमा जारी कारवाहीमा प्रयोग भए नभएकोबारे जानकारी दिन र आन्तरिक सुरक्षा कारवाहीका क्रममा प्रयोग भएको ड्रोनमा बेलायतले अनुमतिपत्र प्रदान गरेका सैन्य वा दोहोरो प्रयोगमा आउने उपकरण जडान भए नभएकोबारे जानकारी दिन आग्रह गरिएको छ ।

केही समयअघि पाकिस्तानी सुरक्षा बलले खुजदार जिल्लाको जेहरी क्षेत्रमा ड्रोनको प्रयोग गरेको समाचार सार्वजनिक भएको थियो । उक्त घटनामा चार बालबालिकासहित छ जनाको ज्यान गएको थियो ।

त्यसैगरी, गत मे महिनामा महजबिन बलोच नामक अपाङ्ग विद्यार्थीलाई बेपत्ता पारिएको थियो । त्यस्तै, नोभेम्बर महिनामा नसरिन बलोच नाम गरेकी किशोरी पनि बेपत्ता भएकी थिइन् ।

म्याकडोनलले दर्ता गराएको प्रश्नमा बेलायत सरकारसमक्ष यस्ता घटनाबारे थप कदम चाल्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ४ : २९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल