कफीखेतीमा आकर्षित हुँदै मदानेका कृषक « Khabarhub

कफीखेतीमा आकर्षित हुँदै मदानेका कृषक


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गुल्मी – पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि पेसा छोडेर कफीखेतीमा आकर्षित हुन थालेका छन् । मदाने गाउँपालिका–३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकहरू यतिबेला बारीमा मकै र कोदोखेती छोडेर कफीको व्यावसायिक उत्पदान गर्न थालेका हुन् ।

तीन वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कृषकहरूलाई व्यावसायिक रूपमा कफीखेतीप्रति आकर्षित गराउन तालिकसहित कफीको उत्पादन र यसको महत्वबारे जानकारी दिनाका साथै कफीखेती गर्न चाहनेलाई अनुदान उपलब्ध गराएपछि कृषकले परम्परागत खेती छोडेर यसतर्फ आकर्षित भएका सिर्सेनीका कृषक मेघलाल अर्यालले बताए ।

मकै र कोदोजस्ता परम्परागत खेती गर्दै आएका कृषकलाई कफीखेती तुलनात्मक रूपमा सहज भएको उनको भनाइ छ । यहाँका किसानले ‘तीनधारे कफी उत्पादन कृषक समूह’ मार्फत खेती सुरु गरेका अर्यालले बताए । उनका अनुसार चार वर्षअघि गठन भएको उक्त संस्थामार्फत यहाँका प्रत्यक परिवारले व्यावसायिक रूपमा उत्पादन सुरु गरेका हुन् ।

यहाँका कृषकको बगैँचामा ५० देखि दुई हजारसम्म कफीका बोटहरू रहेका अर्यालले जानकारी दिए । चार वर्षअघि रोपेका बोटहरूले फल दिन सुरु गरेपछि कृषक पनि उत्साहित बनेका छन् । सिर्सेनीमा सबैभन्दा बढी कफीखेती गर्ने कृषकका रूपमा अर्याल चिनिन्छन् ।

दश रोपनी जग्गामा यतिबेला दुई हजार बढी बोट रहेका कृषक अर्यालले जानकारी दिए । “चाँडै हुर्किएका बोटहरूबाट कफी पाक्न थालेको छ । विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले कफीले ढपक्क ढाकेको छ”, उनले भने । उनी जस्तै व्यावसायिक कफीखेती सुरु गरेका शशीधर अर्यालले सुरुमा बिरुवा हुर्काउन समस्या भए पनि अहिले खेतीले आशा जगाएको बताए ।

जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी प्रमुख गङ्गाकुमारी पोख्रेलले व्यावसायिक कफीखेतीको विस्तारका लागि कार्यालयका तर्फबाट बिरुवा, मल, सिँचाइ, छहारीका लागि नेटजाली उपलब्ध गराइएको जानकारी दिए । परियोजनाले खेती सुरु गर्नुपूर्व गाउँमा ‘कफी पाठशाला’ सञ्चालन गरेर कृषकलाई व्यावसायिक र प्राविधिक ज्ञान दिएको उनले बताए ।

परियोजना प्रमुख पोख्रेलले जिल्लामा कफीखेतीमा कृषकहरूको आकर्षण बढे पनि समयसमयमा देखिने गवारो, ढुसी, डढुवालगायत सङ्क्रमणले बोटमा क्षति पु¥याउने गरेको उल्लेख गरे । समयमा ती सङ्क्रमणका कारण लाग्ने रोगको पहिचान गरी समाधान गर्न सकेमा जिल्लामा व्यावसायिक रूपमा कफीखेती गर्ने कृषकको सङ्ख्यामा थप हुँदै जाने जिल्ला समन्वय समितिका प्रमुख दोर्णबहादुर खत्रीले बताए । कफी उत्पतिको जननी मानिने गुल्मीमा अहिले दुई सय ४१ हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती गरिँदै आइएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा उत्पादन हुने कफी जापान, कोरियालगायत मुलुकमा निर्यात हुने गर्दछ । पछिल्लो समयमा ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडालगायत स्थानीय तहले कृषकलाई व्यावसायिक कफीखेतीका लागि अनुदानका साथै प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : २१ बजे

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा