सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी « Khabarhub

सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ। एउटा सदस्य पदमा प्रगतिशिल समूहका सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका विजयी भएका छन्।

अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत ल्याए। अध्यक्षका प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत ल्याए।

उपाध्यक्षमा अम्बर बहादुर राउत ३४६ मत ल्यायी विजयी हुँदा उनका प्रतिस्पर्धी भिष्मराज कडरियाले १७३ मत ल्याए। बरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठले २५ मत मात्रै ल्याउन सके।सचिवमा रमण कुमार कर्ण ३३९ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी प्रभाकर श्रेष्ठले २०५ मत ल्याए।

सहसचिवमा पुन्देवी महर्जन ३३७ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी श्रुति कुमारी रेग्मीले २१६ मत ल्याए। कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मतसहित विजयी हुँदा अनन्तराज लुईटेलले २०७ मत पाए।महिला सदस्यमा शशी बस्नेत ३१७ मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी सुधा धितालले २०८ मत ल्याइन्।

सदस्यहरूमा दुर्गा मोहन श्रेष्ठ (३५४मत), इन्द्र शेखर खड्का(३१५), प्रदिप कुमार श्रेष्ठ (३१७), नागेश्वर प्रसाद चौधरी (२८०), निर्मल कुमार उपाध्याय (३२५), ओमकृष्ण श्रेष्ठ (२७९), प्रदिप कुमार राजवंशी (३१४) र सतिशराज मैनाली (२७२ मत) सहित निर्वाचित भएका छन्।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ९ : ४३ बजे

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका

प्रतिनिधिसभा निर्वाचन : कांग्रेस मधेस झर्दा रास्वपा सुदूरपश्चिमतिर

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन लक्षित पहिलो सभा मधेसको जनकपुरबाट गर्ने

रास्वपाले धनगढीबाट चुनावी अभियान सुरु गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन लक्षित आफ्नो पहिलो

मेक्सिकामा जफत हतियारमध्ये ७७ प्रतिशत अमेरिकाबाटै आएको खुलासा

एजेन्सी– मेक्सिकोमा पछिल्ला केही वर्षमा जफत गरिएका अवैध हतियारमध्ये ७७

गगनलाई सभापति मानेरै म उम्मेदवार भएको हो, अरु हिसाब चुनावपछि हुन्छ : डा. शेखर कोइराला

काठमाडौं- ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङबाट क्षेत्र नम्बर ६