म्यानमारको दुर्लभ खनिज दोहनमा चीनको नियन्त्रणले विश्व सुरक्षामा चुनौती | Khabarhub Khabarhub

म्यानमारको दुर्लभ खनिज दोहनमा चीनको नियन्त्रणले विश्व सुरक्षामा चुनौती


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्यानमारको काचिन राज्यमा चीनको आक्रमक दुर्लभ खनिज दोहनले वातावरणीय, आर्थिक र सामाजिक संकट निम्त्याएको छ। ठूला उत्खनन यन्त्रले हराभरा जंगललाई विषाक्त खाल्डामा परिणत गरेको छ भने चीनले दुर्लभ खनिजको आपूर्ति शृंखलामा वर्चस्व कायम गर्दै विश्वभर दबाब सिर्जना गरेको छ।

चीनले स्थानीय दलालहरूमार्फत आफ्नो उत्खनन क्षेत्र ४० प्रतिशतले विस्तार गरेको छ, जसले काचिनलाई ४० प्रतिशत आवश्यक दुर्लभ खनिजको प्रमुख आपूर्तिकर्ता बनाएको छ। विषालु रसायनले पानी र जमिनलाई प्रदूषित गर्दै स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको छ।

म्यानमारको सैनिक सरकारले चीनको गतिविधिलाई मौन समर्थन गरेको छ, जसका कारण स्थानिय जनताको हक र पर्यावरणीय सुरक्षामा ध्यान दिइएको छैन। यो दुर्लभ खनिज दोहनले विश्वभर खनिज आपूर्ति नियन्त्रण गरी चीनलाई आर्थिक र रणनीतिक रूपमा बलियो बनाउँदै ल्याएको छ। अन्तर्राष्ट्रिय समुदायको मौनता र म्यानमारमाथिको प्रतिबन्धले यस समस्यालाई थप बल पुगेको छ।

विश्वले चीनको यो रणनीतिक चाललाई बेवास्ता गरिरहेमा, भविष्यमा यसले प्राविधिक विकास र आपूर्ति शृंखलामा गम्भीर संकट निम्त्याउने सम्भावना छ। तत्काल कदम नचालिए, म्यानमारको दुर्लभ खनिज चीनको एकाधिकारमा रहन सक्नेछ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  १० : १७ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले