आहारारा पोखरा गोल्डकपमा पुलिसको विजयी सुरुवात « Khabarhub

आहारारा पोखरा गोल्डकपमा पुलिसको विजयी सुरुवात


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- मंगलबारदेखि सुरु भएको २४औं आहारारा पोखरा गोल्डकपमा विभागीय टिम नेपाल पुलिसले विजयी सुरुवात गरेको छ ।

पोखरा रंगशालामा भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक सहारा क्लबलाई १–० ले पराजित गरेको हो ।

खेलको ३६औँ मिनेटमा उज्वल राईले निर्णायक गोल गरे । यससँगै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पुलिसले अब सेमिफाइनल प्रवेशका लागि ब्रिगेड ब्वाइज क्लब युकेसँग २६ माघमा खेल्नेछ । प्रतियोगितामा भोलि बुधबार एपीएफ एफसी र मछिन्द्र एफसी भिड्ने तालिका छ ।

प्रतियोगिताको मंगलबार नै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए ।

प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । फागुन ३ मा हुने फाइनल विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसैबीच सहारा क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गरेको छ । सनिशलाई ५० हजार ५ सय ५५ रुपैयाँसहित नगर प्रमुख आचार्यले सम्मान गरे ।

यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन् ।

सहारा क्लबको आयोजनामा २०५८ मा पहिलोपल्ट क्याराभान कपबाट सुरु भएको यो प्रतियोगिता हाल आएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित हुन पुगेको छ । प्रतियोगिताको प्रमुख संरक्षकमा पोखरा महानगरपालिका छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : १३ बजे

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को

तनहुँमा तरकारी र धान खेतीको क्षेत्रफल विस्तार

तनहुँ– तनहुँमा व्यावसायिक तरकारी तथा धान खेतीको क्षेत्रफल विस्तार हुँदै

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ