रविले गोर्खा मिडियाबाटै पत्नीको नाममा काटेका थिए चार चेक, ससुराको कम्पनीलाई दिएका थिए ८१ लाख २५ हजार | Khabarhub Khabarhub

रविले गोर्खा मिडियाबाटै पत्नीको नाममा काटेका थिए चार चेक, ससुराको कम्पनीलाई दिएका थिए ८१ लाख २५ हजार


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जना ६ वटा संस्थाविरुद्ध चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले लामिछाने, उनका साझेदार छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्धिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्दा परेको लगेको हो । सरकरी वकिलले रविविरुद्ध भने सहकारी ठगीको मात्रै मुद्दा चलाएको छ।

साहारा सहकारीको बचत रकम गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जीबी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालिमा गएको भेटिएको छ । यसरी सहकारीको रकम दुरुपयोग प्रकरणमा करिब ५६ करोड रुपैयाँ बिगो माग दाबीसहित मुद्दा चलाइएको हो ।

अभियोगअनुसार लामिछानेले श्रीमती निकिता पौडेल लामिछानेको नाममासमेत सहकारीबाट लगेको रकमबाट चारवटा चेक काटेको भेटिएको छ ।

रविले निकिताको नाममा ६० लाख रुपैयाँको चेक काटेको अभियोगपत्रमा भनिएको छ। रविका ससुरा एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलको कम्पनी गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत ८१ लाख २५ हजार भुक्तानी गरेको पनि भेटिएको छ ।

अहिले सरकारी वकिलको कार्यालयले अदालतमा लगेको उक्त प्रमाण नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षत्री नेतृत्वको सहकारी छानबिन संसदीय समितिको प्रतिवेदनमा समेत समेटिएको थियो।

‘लामेछाने प्रबन्ध निर्देशक तथा शेयरधनी रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट निजसमेतको हस्ताक्षरले काटिएका ४ वटा चेकमार्फत् निजको श्रीमती निकिता पौडेलको नाममा ५९ लाख ३८ हजार दुई सय ५१ रुपैयाँ र गोपीकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत् ८१ लाख लाख २५ हजार रुपैयाँ भुक्तानी गरेको भेटिएको छ’, सरकारी वकिलले अदालतमा बुझाएको मिसिलमा भनिएको छ ।

लामिछाने २०७७ पुस ३० गते प्रबन्ध निर्देशकका रुपमा र २०७७ चैतमा गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको शेयर होल्डरका रूपमा प्रवेश गरी २०७९ असार २ गते उक्त प्रालिबाट अलग भएको देखिएको छ । तर पनि रवि गोर्खा मिडिया नेटवर्क प्रालिको आधिकारिक व्यक्ति हुनुभन्दाअघि र अलग भएपछि पनि केही चेकहरूमा हस्ताक्षर गरेको देखिएको अभियोगपत्रमा भनिएको छ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खातामा जम्मा हुन आएको रकममध्येबाट रवि लामिछानेको एकल दस्तखतले ८१४ वटा चेकमार्फत् ४८ करोड ५८ लाख २२ हजार दुई सय ४६ रुपैयाँ भुक्तानी भएको पाइएको अनुसन्धान प्रतिवेदनमा छ।

उता रविका साझेदार गितेन्द्रबाबु राई (जीबी) र रविको संयुक्त दस्तखतले ६ वटा चेकमार्फत् ६० लाख १९ हजार रुपैयाँ भुक्तानी भएको बैंक खाताको स्टेटमेन्ट विश्लेषणबाट देखिएको पनि मिसिलमा उल्लेख छ ।

मुद्दा

जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि असोज ८ गते दर्ता गरेको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यसबेला रविको नाम किटान गरिएको थिएन ।

मंगलबार दर्ता भएको मुद्दामा रविसहित १५ जना प्रतिवादी छन् । त्यसैगरी गितेन्द्रबाबु राई अध्यक्ष रहेको गोर्खा मिडिया प्रालि र साहरा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले तयार गरेको अनुसन्धान प्रतिवेदनमा उक्त सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको कुरा छ ।

सहकारीबाट गोर्खा मिडियासहित विभिन्न कम्पनीमा गएको रकमसहित ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको हो।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतबाट जम्मा २ करोड २५ लाख धरौटी बुझाएर छुटिसकेका छन् ।

पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत ठगी प्रकरणमा उनले गत पुस २५ गते ६५ लाख धरौटी तिरेका थिए ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत ठगी प्रकरणमा उनले माघ २ गते ६० लाख रुपैयाँ धरौटी बुझाएका थिए ।

उता रुपन्देहीको सुप्रिम सहकारी संस्थाको बचत रकम ठगीमा रविले माघ १३ गते १ करोड धरौटी बुझाएका थिए । प्रहरीले मुलुकी अपराध संहिता २०७४ र संगठित अपराध निवारण ऐन २०७० अनुसार प्रतिवादीहरूलाई कानुनी कारबाहीको माग गरेको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवेदनको अध्ययनपछि थप कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारीमा ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट मुक्त भएका थिए।

लामिछानेलाई ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरिएको थियो। कास्की, काठमाडौं रु रुपन्देही जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा लामिछाने निर्दोष भएको नदेखिएकाले धरौटी मागेका थिए ।

कास्कीको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, रुपन्देहीको सुप्रिम र पर्साको सानोपाइला सहकारी संस्थाको रकम ठगेको आरोप लामिछानेसहितलाई लागेको थियो ।

यी सबै सहकारीका मुख्य सञ्चालक हाल फरार रहेका जीबी राई हुन् । उनका साझेदारमा छविलाल जोशी, रवि र कुमार रम्तेललगायत हुन् । कुमार रम्तेल अहिले कास्की जेलमा छन् । नेचर हर्ब्स जीबी र छविको संयुक्त लगानीको कम्पनी थियो ।

अब रविसहितविरुद्ध पर्सास्थित हाम्रो सानोपाइला सहकारी संस्थाको बचत रकम ठगीमा मुद्दा चल्न बाँकी छ। सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा यसअघि पनि अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलकहाँ बुझाइसकेको छ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ७ : ३६ बजे

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरणको काम सकियो

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरबाट चार वटा गैँडा

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

पर्सा – जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६

अफ्रिकाबाट दुई करोड ७५ लाख मानिस विस्थापित

एजेन्सी – सन् २०२४ को अन्त्यसम्म अफ्रिकामा आन्तरिक रूपमा विस्थापित

हिमालय होटलमा १२ घण्टा ! न सरकार पछि हट्यो, न आन्दोलन रोकियो

काठमाडौं– पूर्वी नेपालतिर एउटा आहान छ, ‘इयाँली–बियाँली दिन गुमाई, जूनेली

आजका समाचार : आए बेलायती राजकुमार, कांग्रेसले सभापतिहरूलाई पढाउँदै र फेरि मारिए इजरायली सैनिक

राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र बेलायतका