असिना पानीले कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै « Khabarhub

असिना पानीले कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरिँदै


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीमा आइतबार र सोमबार हावाहुरीसँगै आएको असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ ।

गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका मार्फत हावाहुरीसँगै असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए । उनका अनुसार आइतबार किसानले वडा, पालिकालगायत जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए ।

जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट कृषि ज्ञान केन्द्रले क्षतिका विषयमा अनुगमन तथा तथ्याङ्क सङ्कलन गर्न सुरु गरेको केन्द्रका बाली संरक्षण अधिकृत मिरा तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गहुँ, मकै, केरा, बोडी, बन्दागोभी, फूलकोबी, काक्रा, सिमी, तितेकरेलालगायत बालीमा भएको क्षतिको विरण सङ्कलन भइरहेको छ ।

बाह्रैवटा स्थानीय तहबाट आएको विवरणलाई सङ्कलन गरेर प्रदेश र सङ्घीय मन्त्रालयमा पठाइने केन्द्रका प्रमुख सिंहले बताए । हावाहुण्डरी र असिना, पानीले मकै, केरा, बोडी, बन्दागोभी, फूलगोभी, काँक्रा, सिमी, तितोकरेलालगायत बालीमा क्षति भएको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ७ : ४५ बजे

करण जोहरको ‘कफी विथ करण’ माथि स्क्रिप्टेड भएको आरोप

काठमाडौं– बलिउडका चर्चित सेलिब्रेटी च्याट शोमध्ये एक ‘कफी विथ करण’

बागमती र विष्णुमती सफा बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई

काभ्रेका १३ वटै स्थानीय तहबाट भूमि प्रशासन सेवा उपलब्ध हुने

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा विस्तार हुने

‘बाटुलो जून’को कमाइ आठ करोड पार, अनमोलको आफ्नै रेकर्ड तोड्ने दौडमा !

काठमाडौं– नेपाली  फिल्म ‘बाटुलो जून’ले बक्स अफिसमा आफ्नो बलियो उपस्थिति

हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख बढी आम्दानी

बागमती- बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारक पर्यटकको आकर्षक गन्तव्यका रूपमा