पाल्पामा आगलागीबाट ६ घरगोठ जलेर नष्ट « Khabarhub

पाल्पामा आगलागीबाट ६ घरगोठ जलेर नष्ट


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको ६ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि उनीहरु खुला आकाशमा रात बिताउन बाध्य भएका हुन् ।

आगलागीबाट छचुवाका धनबहादुर कुमाल, पदमबहादुर कुमाल, द्वन्द्वबहादुर कुमाल, हुमबहादुर कुमाल, गोपाल कुमाल र रीता कुमालको घर जलेर नष्ट भएको रैनादेवी छहरा–३ का वडाध्यक्ष प्रदीप पौडेलले बताए ।

आगलागीबाट घरभित्रका अन्नपात, लुगाफाटा, केही नगदसहितका महत्त्वपूर्ण काजजात जलेर नष्ट भएपछि आगलागी प्रभावित परिवार पीडामा थिए । खाद्यान्न र त्रिपालको पर्खाइमा रहेका यहाँका पीडितपरिवारलाई गाउँपालिकाले राहत सामग्री वितरण गरेपछि केही सहज भएको छ ।

गाउँपालिकाले तत्कालका लागि एक–एक बोरा चामल, नुन, तेल, दाल, तरकारी तथा आवश्यक त्रिपाललगायत राहत सामग्री दिएपछि पीडितको अनुहारमा खुसी छाएको हो ।

गाउँपालिकाले घरमै पुगेर आवश्यक राहत सामग्री वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईसहितका जनप्रतिनिधि, कर्मचारीको टोलीले आगलागीपीडितको घरमा पुगेर राहत सामग्री वितरण गरे ।

अहिले तत्काल आवश्यक देखिएका सामानसहितको राहत प्रदान गरिएको उनको भनाइ छ । पछि प्रहरीको मुचुल्काअनुसार क्षतिका आधारमा पालिकाले घर निर्माणका लागि रकमसमेत उपलब्ध गराउने भट्टाईले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : २९ बजे

रुँदै रचनाले भनिन् : जेन-जी शहीदले न्याय पाएको दिन सांसद पदबाट राजीनामा दिन हिचकिचाउने छैन

काठमाडौं– रास्वपा सांसद रचना खतिवडा खत्रीले सहिद परिवारलाई न्यायको प्रत्यक्ष

हनुमन्तेश्वर माविको विव्यस सदस्य छनोट निर्वाचन : दुई सय ७७ मत खस्यो, मतगणना सुरु हुँदै 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै डुङ्गा क्लिनिक

नलबारी- भारतको आसाम राज्यका दुर्गम नदी टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै आएका

पहिरोका कारण सर्लाही र सिन्धुली जोड्ने सडक अवरुद्ध

सर्लाही– सर्लाहीको बागमती र सिन्धुलीको हरिहरपुरगढी जोड्ने सडक पहिरोका कारण

कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ