गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा | Khabarhub Khabarhub

गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउन्ड सेवा प्रदान सुरु गरिएको छ।

पालिका प्रमुख शम्भु सिंहको विशेष सक्रियतामा स्वास्थ्यकर्मीको टोली गाउँपालिकाको वडामै पुगेर गर्भवती महिलाहरूको निःशुल्क अल्ट्रासाउण्डसहित स्वास्थ्य परीक्षण सुरु गरेको हो।

‘ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम’ अन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको पालिका प्रमुख सिंहले बताए।

यस कार्यक्रमले घरमै बसेर गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच सुरु भएको र अब प्रादेशिक अस्पताल गौरसम्म वा त्यसैको लागि बाहिर धाउनुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ रहेको छ।

यसले पालिकाभित्रका गर्भवती महिलाका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिन सजिलो भएको  पालिका स्वास्थ्य संयोजक दिनेश महतोले बताएका छन्।

वडा नम्बर ५ बागमती पारीको गाउँ बडहर्वाबाट शनिबारदेखि सुरु भएको कार्यक्रममा आईतबारसम्म ४५ जना गर्भवती महिलाहरूले सेवा लिएको पालिकाले जनाएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १ : ४५ बजे

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन

कुलिङ पिरियड विवाद : छानबिन समितिबारे सभामुखले थाले परामर्श

काठमाडौं – संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

बैतडी – गृहमन्त्री रमेश लेखकले देशको आवश्यकताअनुसार दुई ठूला दल

श्रीलंकाविरुद्ध नेपालको गोलर्षा, ८-० को फराकिलो जित

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा