प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा कैलालीले फाइनलमा स्थान सुरक्षित गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा डडेल्धुरामाथि चार रनको जित निकालेर कैलाली फाइनलमा पुग्यो ।

जितका लागि पाएको एक सय ४६ रनको सामान्य लक्ष्य पछ्याएको डडेल्धुरा ३८ दशमलव ५ ओभरमा १४१ रनमा अलआउट भयो । जसमा राहुल भण्डारीले अविजित ४४, कप्तान अर्जुन विकले ३६, निरज ऐरले २३ रनको योगदान गरेपनि टोलीलाई जिताउन सकेनन् ।

सामान्य लक्ष्य पछ्याएको डडेल्धुरा सम्हालिएर खेल्न नसक्दा सेमिफाइनलबाटै बाहिरियो । बलिङतर्फ कैलालीका कप्तान नारायण जोशी र दीपक रोकायाले ३र३ र शेर मल्लले दुई विकेट हात पारे ।

यसअघि पहिला ब्याटिङ गरेको कैलाली ३३ दशमलव २ ओभरमा १४५ रनमै समेटियो । उसका टेक रावतले अर्धशतकीय पारी खेल्दै ६१, निश्चल क्षेत्री ३५, सन्दीप साउदले २४ रन हिर्काए । डडेल्धुराका लागि राहुल भण्डारीले ६, कप्तान अर्जुन विक र निरज ऐरले २,२ विकेट झारे ।

कैलालीले उपाधिका लागि भोलि हुने दोस्रो सेमिफाइनलमा बैतडी र कञ्चनपुरमध्ये विजेता टोलीसँग खेल्नेछ । उपाधि भिडन्त तथा फाइनल खेल फागुन २२ गते हुनेछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टोलीको सहभागिता रहेको छ । यो छनोट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमको टोली तयार गरिने प्रादेशिक क्रिकेट सङ्घका मुख्य छनोटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : ०१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी