आईपीएलमा कलकताको उत्कृष्ट कमब्याक, हैदरावाद ८० रनले पराजित « Khabarhub

आईपीएलमा कलकताको उत्कृष्ट कमब्याक, हैदरावाद ८० रनले पराजित


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)का दुई अस्थिर टोलीबीच भएको खेलमा कलकता नाइट राइडर्सले फराकिलो अन्तरले सन राइसजर्स हैदरवादलाई हराएको छ।

मुम्बई इइिडयन्ससँगको पछिल्लो खेलमा ब्याटिङ कमजोर भएपछि आलोचित बनेको कलकताले बिहीबार भएको खेलमा शानदार कमब्याक गर्दै हैदरावादलाई ८० रनले हराएको हो। २८६ रन प्रहार गर्दै आईपीएल २०२५ मा सनसनीपूर्ण सुरुवात गरेको हैदरावाद भने लगातार तेस्रो खेलमा पराजित भएको छ।

चार दिन अघि मुम्बईसँग ११६ रनमा समेटिएको कलकताले हैदरावादसँगको खेलमा ६ विकेटको क्षतिमा २०० रन जोडेको थियो। कलकताका लागि उपकप्तान बैंकटेस ऐयारले २९ बलमा ६० रन जोडे। रिकु सिंह अविजित रहँदै १७ बलमा ३२ रन प्रहार गर्न सफल भए। यी दुई जमेपछि कलकताले अन्तिम ५ ओभरमा ७८ रन प्रहार गरेको थियो। यसअघि कप्तान अजान्का रहजने र अंगरिस रघुवंशीले तेस्रो विकेटका लागि ८१ रनको साझेदारी गरेका थिए। रहानेले ३८ तथा रघुवंशीले ५० रन जोडे।

JPG converted with https://ezgif.com/webp-to-jpg

जवाफमा पहिलो १३ रनमा नै तीन विकेट गुमाएको हैदरावाद १२० रनमा समेटिएको हो। गत सिजनको उपविजेता २ अंकसहित तालिकाको पुछारमा छ भने साबिक विजेता कलकता ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ।

ट्रेभिस हेड लगातार दोस्रो खेलमा वैभव आरोहाको सामु सस्तोमा समेटिए। गत वर्षको आईपीएलको फाइनलमा पनि उनी सस्तैमा आउट भएका थिए। इसन किसन र अभिषेक शर्माले पनि २ रन भन्दा बढी जोड्न सकेनन्। शीर्षक्रमको खराव सुरुवातले गत सिजनको फाइनलको नै झझल्को दिएको थियो।

९ रनमा तीन विकेट गुमाएको हैदरावादका लागि हेन्रिक क्लासेनले २१ बलमा ३३, शून्य रनमा जीवनदान पाएका कामिन्डु मेन्डिसले २० बलमा २७ तथा नितिस कुमार रेड्डीले १९ रन जोडे। हैदरावादले १६.४ ओभरमा सम्पूर्ण विकेट गुमायो।

वैभव आरोहाले ४ ओभरमा २९ रन खर्चेर ३ तथा वरुण चक्रवर्तीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए। आन्द्रे रसेल महँगो साबित हुँदै १.४ ओभरमा २ रन खर्चिँदै २ विकेट लिए।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ६ : २१ बजे

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने