नेपाल सुपर लिग : चितवन र बुटवल लुम्बिनी भिड्ने « Khabarhub

नेपाल सुपर लिग : चितवन र बुटवल लुम्बिनी भिड्ने


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा चितवनले दोस्रो र बुटवल लुम्बिनीले तेस्रो खेल खेल्न लागेका हुन् ।

आजको खेलमा चितवन दोस्रो जितको खोजीमा रहँदा बुटवल लुम्बिनी पहिलो जित निकाल्ने लक्ष्यमा रहने छ ।

यस अघिको खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० गोलले हराएको थियो भने बुटवल लुम्बिनी एफसी झापा र धनगढी एफसीसँग पराजित भएको थियो ।

लिगमा धनगढी एफसी, एफसी चितवन, ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, झापा एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स गरी सात टोली सहभागी छन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ९ : ०४ बजे

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा