काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात « Khabarhub

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

झापा– प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् ।

आठ महिनाको अवधिमा सबैभन्दा धेरै चिया आठ अर्ब २० करोड ९६ लाख, अलैँची पाँच अर्ब २४ करोड ४० लाख, प्लाइ तथा भेनियर दुई अर्ब ७३ करोड ६३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

यसैगरी कार्यालयको तथ्याङ्कअनुसार अदुवा २६ करोड ६३ लाख, अम्लिसो ७६ करोड ९७ लाख, बन्दा आठ करोड १७ लाख, जडीबुटी चार करोड २६ लाख, मुसुरो दाल चार करोड मूल्य बराबरको निर्यात भएको छ ।

सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वी नाकाबाट दुई अर्ब ४० करोड ४६ लाख २२ हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयत हुने मुख्य कृषिजन्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १३ करोड १७ लाख १२ हजार, चामल चार करोड ९७ लाख, ताजा तरकारी २८ करोड ८७ लाख मूल्य बराबरको आयात भएको छ ।

यसैगरी ताजा फलफूल २६ करोड ३७ लाख, लसुन ६२ करोड ४६ लाख, आलु २८ करोड ९१ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  १० : ५१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी