गण्डकी विश्वविद्यालयको कुलपति र योजना आयोग सदस्य नियुक्ति टुंग्याउन मन्त्रिपरिषद् बैठक बस्दै  | Khabarhub Khabarhub

गण्डकी विश्वविद्यालयको कुलपति र योजना आयोग सदस्य नियुक्ति टुंग्याउन मन्त्रिपरिषद् बैठक बस्दै 


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठक आज शुक्रबार बेलुका बस्ने भएको छ । बेलुका ५ बजेका लागि बोलाइएको बैठकमा गण्डकी विश्वविद्यालयको कुलपति र प्रदेश नीति तथा योजना आयोग सदस्य नियुक्तिबारे निर्णय हुने सम्बद्ध स्रोतले बताएको छ ।

गण्डकी विश्वविद्यालयको कुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बिहीबार बुझाइसकेको छ । 

ती ३ मध्येबाट १ जना कुलपतिमा नियुक्त हुनेछन् । विश्वविद्यालय न्यायिक परिषद् अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा. यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ३ जनाको सिफारिस गरेका थिए । जसमा प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम समावेश छ । 

यसैगरी बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य नियुक्तिको निर्णय समेत गर्ने भएको छ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको कोटाबाट नियुक्त माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त दीपक भण्डारीले सरकारकै दबाबमा चैत १७ मा राजीनामा दिएका थिए । 

अब एमालेको कोटाबाट डा योगेन्द्र रिजाल र कांग्रेसको तर्फबाट डा निर्मला पाण्डेको नियुक्ति प्रक्रिया अगाडि बढेको स्रोतको दाबी छ । पर्वतका रिजाल अहिले नवलपुर बस्छन् । उनको क्षेत्र समाज विज्ञान हो । 

स्याङ्जाको कालीगण्डकीकी डा पाण्डे कृषि वैज्ञानिक हुन् । उनी नेपाल सरकारको अवकाशप्राप्त हुन् । उनका पति आत्माराम पाण्डे नेपाल सरकारकै पूर्व सचिव हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ११ : ४३ बजे

आयोगको राजनीतिक दल स्वःमूल्याङ्कन कार्यविधिमा एमाले पनि असहमत

काठमाडौं- निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ

कस्तो छ सरकारको ‘तोडिएका ठेक्का पूरा गर्ने र अत्यावश्यक खरिद गर्ने’ पूर्वाधार कम्पनी ?

काठमाडौँ – सरकारले केही नेपाल ऐन, संशोधन गरेर नेपाल पूर्वाधार

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय गाभिएपछि म्याग्दीमा समस्या

म्याग्दी– संघीय सरकारको वार्षिक बजेट र कार्यक्रममा समावेश हुन थालेको

कार्यवाहक प्रधानमन्त्री सिंहले गरे सिरहाकाे व्यापारिक भवन उद्घाटन

काठमाडौं–  कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिरहाकाे लहान

पश्चिम नवलपरासीमा पानी परेपछि धानबाली झाँगिदै

नवलपरासी– लामो समय वर्षा नभएर खडेरीका कारण सुख्खा भएका धानबाली