गण्डकी विश्वविद्यालयको कुलपति र योजना आयोग सदस्य नियुक्ति टुंग्याउन मन्त्रिपरिषद् बैठक बस्दै  « Khabarhub

गण्डकी विश्वविद्यालयको कुलपति र योजना आयोग सदस्य नियुक्ति टुंग्याउन मन्त्रिपरिषद् बैठक बस्दै 


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठक आज शुक्रबार बेलुका बस्ने भएको छ । बेलुका ५ बजेका लागि बोलाइएको बैठकमा गण्डकी विश्वविद्यालयको कुलपति र प्रदेश नीति तथा योजना आयोग सदस्य नियुक्तिबारे निर्णय हुने सम्बद्ध स्रोतले बताएको छ ।

गण्डकी विश्वविद्यालयको कुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बिहीबार बुझाइसकेको छ । 

ती ३ मध्येबाट १ जना कुलपतिमा नियुक्त हुनेछन् । विश्वविद्यालय न्यायिक परिषद् अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेल, सदस्यद्वय प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा. यमुना घलेले बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ३ जनाको सिफारिस गरेका थिए । जसमा प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम समावेश छ । 

यसैगरी बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य नियुक्तिको निर्णय समेत गर्ने भएको छ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको कोटाबाट नियुक्त माया तिम्सिना र राप्रपाको कोटाबाट नियुक्त दीपक भण्डारीले सरकारकै दबाबमा चैत १७ मा राजीनामा दिएका थिए । 

अब एमालेको कोटाबाट डा योगेन्द्र रिजाल र कांग्रेसको तर्फबाट डा निर्मला पाण्डेको नियुक्ति प्रक्रिया अगाडि बढेको स्रोतको दाबी छ । पर्वतका रिजाल अहिले नवलपुर बस्छन् । उनको क्षेत्र समाज विज्ञान हो । 

स्याङ्जाको कालीगण्डकीकी डा पाण्डे कृषि वैज्ञानिक हुन् । उनी नेपाल सरकारको अवकाशप्राप्त हुन् । उनका पति आत्माराम पाण्डे नेपाल सरकारकै पूर्व सचिव हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ११ : ४३ बजे

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी– वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज