पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न « Khabarhub

पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) र काठमाडौं विश्वविद्यालय अन्तर्गत कन्टिन्युइङ एण्ड प्रोफेशनल एजुकेशन सेन्टर (सिपीइसी) को सहकार्यमा चैत २० देखि २२ गतेसम्म पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ।

उक्त कार्यशालामा देशभरका पूर्वप्राथमिक शिक्षाका विज्ञ, निजी विद्यालयका संस्थापक प्रिन्सिपलहरू तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको थियो । 

कार्यशालाको उद्देश्य २१औँ शताब्दीको पूर्वप्राथमिक तहको पाठ्यक्रमलाई आधुनिक, प्रभावकारी र बालमैत्री बनाउने रहेको थियो । सहभागीहरूले शिक्षण पद्धति सुधार, नवीनतम सिद्धान्तहरूको उपयोग, शैक्षिक सामग्रीहरूको प्रभावकारी प्रयोग तथा बालबालिकाको समग्र विकासमा केन्द्रित विषयहरूमा अन्तरक्रिया गरे ।

काठमाडौं विश्वविद्यालयका शिक्षा विज्ञ तथा विशिष्ट प्राध्यापकहरूले नेपालको बाल विकास तथा शिक्षा  पाठ्यक्रमलाई आधार मानेर ० देखि ८ वर्षसम्मका बालबालिकाका लागि उपयुक्त पाठ्यक्रम निर्माण सम्बन्धी सल्लाह तथा मार्गदर्शन प्रदान गरे। वर्तमानमा निजी विद्यालयहरूमा लागू भइरहेका पाठ्यक्रमलाई पुनरावलोकन गरी २-३, ३-४, ४-५, ५-६, ६-७, र ७-८ वर्षका बालबालिकालाई लक्षित गरी पाठ्यक्रम विकास गर्ने योजनाबारे छलफल गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ११ : ५८ बजे

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै

जलजलाको लुप्राङमा अङ्गुरखेती

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर