एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित « Khabarhub

एनसेल उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा सम्मानित


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको पहिलो जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी ‘कर्पोरेट बिजनेस अवार्ड, २०२५’ बाट सम्मानित भएको छ । कम्पनीले बिहीबार यो सम्मान बहुराष्ट्रिय कम्पनीको विधामा ‘मल्टिनेशनल कम्पनी अफ द इयर’का रूपमा पाएको हो ।

रक्षामन्त्री मानवीर राई, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, उद्योग वाणिज्य महासंघकी भुतपुर्व अध्यक्ष भवानी राणा, कर्पोरेट मिडिया ग्रुपकी उपाध्यक्ष सुष्मा महराले संयुक्तरुपमा यो अवार्ड एनसेललाई प्रदान गरेका थिए । 

एनसेलका तर्फबाट कम्पनीकी मार्केटिङ, कम्युनिकेशन एन्ड सेस्टेनिविलिटी डाईरेक्टर पुनम सिंहले यो अवार्ड ग्रहण गरेकी थिइन् ।

एनसेल देशमा सञ्चार तथा सूचना प्रविधिको विकासमा ठूलो भूमिका खेल्दै विगत २ दशक देखि अत्यावश्यक दूरसञ्चार सेवा प्रदान गर्दै आएको कम्पनी हो र सबैभन्दा धेरै कर तिर्ने ठूलाकरदाता मध्ये पनि एक हो । स्थापना कालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीले कर र शुल्कबापत ३२० अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । 

त्यसैगरी कम्पनीले शिक्षा, वातावरण र स्वास्थ्यजस्ता प्राथमिक क्षेत्रहरूमा केन्द्रित रही आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत २ अर्ब रुपैयाँ भन्दा बढीको योगदान गरिसकेको छ, जसले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग पुर्‍याएको छ । 

कर्पोरेट मिडिया ग्रुपको १७औँ संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड, २०२५’ को समारोहमा यो सम्मान एनसेललाई प्रदान गरिएको हो । ग्रुपले आफ्नो कर्पोरेट म्यागजिनको १७औं वार्षिकोत्सवको अवसरमा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै विभिन्न उद्योग व्यवसाय क्षेत्रका प्रतिष्ठित संघसंस्था तथा व्यक्ति–व्यक्तित्वहरूलाई सम्मान गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  १ : ५८ बजे

नेकपा राष्ट्रिय महाधिवेशन मङ्सिर ११-१५ सम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि

आर्थिक स्थायित्व कायम गर्दै मुलुकमा दिगो र समावेशी आर्थिक वृद्धि : गभर्नर पौडेल

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक स्थायित्व

असिना–पानीले क्षतिग्रस्त बालीको अनुगमन

काभ्रेपलाञ्चोक– शनिबार र आइतबारको असिना–पानीले क्षति पुर्यायको धुलिखेल र पनौती

भूमिहीन सुकुम्बासीको हकका लागि सर्वोच्चमा रिट दायर, भोलि सुनुवाइ

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले देशभरका सुकुम्बासीहरूको न्याय र आवास

निर्माण क्षेत्रको संकटप्रति सरकार गम्भीर : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई निर्माण व्यवसायी महासङ्घ कोशी