पाँच वर्षमा गभर्नर अधिकारीले राष्ट्र बैंकमा के गरे ? (पुस्तकसहित) « Khabarhub

पाँच वर्षमा गभर्नर अधिकारीले राष्ट्र बैंकमा के गरे ? (पुस्तकसहित)


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आइतबार आफ्नो कार्यकाल सकेर बाहिरिँदैछन् । राष्ट्र बैंकबाट बाहिरिँदै गर्दा उनले आफ्नो कार्यकालमा भएका कामको स्थिति विवरणको पुस्तिका समेत तयार गरेर सार्वजनिक गरेका छन् ।

गभर्नर अधिकारीले विगत पाँच वर्षमा थप सुधारका कामहरू भएका छन्, मौद्रिक नीतिको आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै लगिएको बताए ।

उनले आफ्नो समयमा नेपाल राष्ट्र बैंकले विगत ५ वर्षमा ११ वटा नीति, ९ वटा फ्रेमवर्क, १८ वटा मार्गदर्शन, ८ वटा म्यानुअल र ४१ वटा कार्यविधि जारी गरेर कार्यान्वयनमा ल्याएको छ । गभर्नर अधिकारीले आफ्नो कार्यकालमा राष्ट्र बैंकको वित्तीय अवस्थामा सुधार भएको र सरकारको खातामा रकमान्तर हुने रकममा वृद्धि भएको बताए ।

कोरोना महामारीको अवस्थासँग जोड्दै उनले भने, ‘उपलब्ध सीमित स्रोतलाई सदुपयोग गरी आर्थिक व्यवस्थालाई लयमा राख्नु ठूलो चुनौती थियो, यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्दा सजगतापूर्वक तथा तथ्यमा आधारित भएर केही परम्परागत र केही गैर परम्परागत उपायहरू अवलम्बन गर्यौं, यस्ता उपायहरूले अर्थतन्त्रलाई लयमा राख्नुका साथै समकक्षी देशहरूको तुलनामा बलियो अवस्थामा राख्न निकै मद्दत पुर्‍यायो ।’

आफ्नो कार्यकालमा वित्तीय क्षेत्रमा गाभ्ने र गाभीने प्रक्रिया थप सुदृढीकरण भएको र अस्वस्थ प्रतिस्पर्धा निरुत्साहित भएको र वित्तीय क्षेत्रमा भएको बिकृति हदैसम्म न्यूनीकरण भएको समेत उनको दाबी छ ।

‘कर्जा प्रवाह गर्ने र ऋणी दुवै पक्षमा देखिने गरेका अनुशासनहीनतालाई दृष्टिगत गरी महत्वपूर्ण सुधारहरू गरिएका छन्, बैंकिङ क्षेत्रसँग रहेको स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति लिएको छ’, उनले भने ।

कृषि पूर्वाधार लगायतका क्षेत्रमा अनिवार्य लगानी सम्बन्धी व्यवस्था, चालु पुँजीकर्जा मार्गदर्शन लगायतका व्यवस्था दीर्घकालीन हितमा रहेको उनले बताए । ती व्यवस्था अर्थतन्त्रमा महत्वपूर्ण सुधारका रूपमा र राष्ट्र बैंकले लिएको नीतिका कारण डिजिटल कारोबारमा उल्लेख्य वृद्धि भएको समेत उनको भनाइ छ ।

वैदेशिक ऋणको लागि सहज व्यवस्था, प्रत्येक नागरिकले ५ सय अमेरिकी डलरसम्मको सटही सुविधा लिनसक्ने, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्रशस्त नियामकीय व्यवस्था गरिएको र आफ्नै कार्यकालमा थुप्रै कानूनहरूको मस्यौदा तयार पार्ने काम गरेको गभर्नर अधिकारीले बताए ।

आफ्नो कार्यकालको दोस्रो वर्षमा भने नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको भन्दै उनले सर्वोच्च अदालतले राष्ट्र बैंकको स्वायत्तता जोगाइदिएको बताएका छन् ।

‘कार्यकालको दोस्रो वर्ष पुग्दै गर्दा नेपाल राष्ट्र बैंक नेतृत्वमाथि प्रहार भइ केन्द्रीय बैंकको स्वायत्ततमाथि ठाडो हस्तक्षेप भएको अवस्था रह्यो । केन्द्रीय बैंक सञ्चालनको विश्वव्यापी मान्यता तथा मर्मअनुरूप यस बैंकको स्वायत्ततालाई अक्षुण राखिदिनुहुने सम्मानित सर्वोच्च अदालत, माननीय न्यायाधीशज्यूहरू, वरिष्ठ विद्धान आदरणीय अधिवक्ताज्यूहरू समस्त न्यायप्रणालीप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु’, अधिकारीले भने ।

गभर्नर अधिकारीले कार्यकालमा नेपाल राष्ट्र बैंकले गरेका काम

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ५७ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने