सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण « Khabarhub

सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण


२२ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर नगरपालिका–४ दावामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरिएको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो । 

विद्यालयको ७७औँ वार्षिकोत्सव तथा आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठको स्मृतिका अवसरमा बिहीबार विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई पोसाक (ट्र्याक सुट) वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए  । 

मातृभूमिको सेवा तथा सामाजिक कार्य गर्ने लक्ष्यसहित स्थापित प्रतिष्ठानले विभिन्न समयमा सहयोगका कार्यक्रम गर्दै आएको उनले बताए । 

‘मेरो बुवाले पनि यही विद्यालयमा पढ्नु भएको हो । स्वार्गीय बुवाको समाज सेवाको भावनालाई निरन्तरता दिन हामी तीन दाजुभाइ (रोशन श्रेष्ठ, क्याप्टेन रमेश श्रेष्ठ र रविन श्रेष्ठ)ले विद्यार्थीलाई पोसाक वितरण गरेका हौँ’, श्रेष्ठले भने । 

एकरुपतासँगै पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले आवश्यक पोसाक वितरण गरिएको क्याप्टेन रमेश श्रेष्ठले बताए  । 

विद्यालयका प्रधानाध्यापक सुवासचन्द्र दाहालले पोसाक वितरणले विद्यार्थीमा एकरुपता र पठनपाठनमा सहजता थप्ने विश्वास व्यक्त गरे  ।

निःशुल्क रुपमा पोसाक पाउँदा विद्यार्थी उत्साहित भएका र कतिपय आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई समेत यसले लाभ पुगेको उनको भनाइ थियो । 

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ७ : १२ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज