आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित « Khabarhub

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा– ३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले २८ वर्षको उमेर हुँदा पनि नागरिकता पाउन सकेका छैनन् ।

उनीसँग न कुनै कागजात छ न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित छन् । ‘मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन’, भुजेलले भने, ।

विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताए । उनी नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थालेका थिए ।

विराटनगरबाट काम सिकेपछि भुजेल अहिले इनरुवामा न्यु विशाल सेकुवा कर्नरमा काम गर्दै आएका छन् । उनलाई न आमाबुबा न घरको बारेमा जानकारी छ । यहाँ काम गर्नुअघि उनको नाम चङ्खे थियो । अहिले उनी अर्जुन भुजेलको नामबाट चिनिन थालेका छन् ।

‘आमाबुबा र जन्मस्थानका विषयमा थाहा नहुँदा नागरिकता बनाउन समस्या भएको छ’, उनले भने । उनले नागरिकता बनाउन पहल गरिदिन आग्रह समेत गरेका छन् । (रासस)

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : ५७ बजे

समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा

एजेन्सी– चीनले बुधबार समुद्रबाट आफ्नो ‘ग्राभिटी–१’ वाई-३ वाहक रकेट सफलतापूर्वक

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,