अस्ट्रेलियामा अल्बानेजको जित एन्टी ट्रम्प फ्याक्टर « Khabarhub

अस्ट्रेलियामा अल्बानेजको जित एन्टी ट्रम्प फ्याक्टर


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया – अस्ट्रेलियामा सम्पन्न निर्वाचनमा एन्थोनी अल्बानेजको जितलाई डोनाल्ड एन्टी ट्रम्पको प्रभाव मानिएको छ। केही दिनअघि क्यानडामा भएको निर्वाचनमा मार्क कार्नीले प्राप्त गरेको जित र अस्ट्रेलियामा एन्थोनी अल्बानेजले पाएको सफलता दुवै ट्रम्प विरोधी भावनाको असर भएको समीक्षकको धारणा छ।

ट्रम्पको नेतृत्वमा अमेरिकाले मित्र देशसँग विगतको भन्दा फरक सम्बन्ध राख्न थालेपछि यसको सामना गर्न वर्तमान नेतृत्वलाई निरन्तरता दिइएको जनाइएको छ। केही दिन अघिसम्म पनि डुटोनले सफलता पाउने अनुमान गरिएको थियो।

निर्वाचनको केही लिन अघिसम्म विपक्षी पिटर डुटोन र उनको विपक्षी लिबरल नेसनल गठबन्धन बलियो मानिएको थियो। धेरैले डुटोनलाई ट्रम्पकै स्वरूपको भन्दै व्याख्या गरेका थिए।

निर्वाचनको अन्तिम समयमा उनले वान नेसन पार्टीको अवधारणा ल्याएका थिए। सोही अवधारणाले उनको नेतृत्वमा गठबन्धनमा रहेका अन्य साना दल आफै पनि शशंकित भए।‘डुटोनले आफूलाई बलियो विकल्पको रूपमा प्रस्तुत गर्नु भन्दा पनि बढी ट्रम्पको आलोचकको रूपमा प्रस्तुत गरे’, पर्थस्थित मुर्डोक विश्व विद्यालयका लेक्चर ज्याकोब ओरामले भने। डुटोन पनि आप्रवासीप्रति कठोर मानिन्छन्।

अल्बानेजको जितप्रति संसारका नेताले प्रतिक्रिया दिइसकेका छन्। बेलायतका प्रधानमन्त्री केइर स्टेइमरले दुई देशको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरे।

यसैगरी, अमेरिकी विदेशमन्त्री मार्क रुबियोले अस्ट्रेलिया र अमेरिकाको सम्बन्ध अझ सुमधुर हुने विश्वास व्यक्त गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अल्बानजेलाई बधाई दिँदै विगतदेखि नै अस्ट्रेलिया युक्रेनप्रति सहयोगी भएकाले सोही क्रमले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले दुई देशको सम्बन्ध सुमधुर भएका कारण त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ८ : १८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल