माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन « Khabarhub

माल्दिभ्सका राष्ट्रपति मुइज्जुद्वारा १५ घण्टा लामो पत्रकार सम्मेलन


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टा सम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेको उनको कार्यालयले जनाएको छ ।

मुइज्जुले स्थानीय समयअनुसार शनिबार बिहान १० बजे सुरु गरेको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको हो । 

‘राष्ट्रपति मुइज्जुले पत्रकारका प्रश्नको निरन्तर जवाफ दिँदै सम्मेलन मध्यरातसम्म लम्बिएको र यो उहाँले राष्ट्रपतिका रूपमा बनाएको नयाँ विश्व कीर्तिमान भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
 
सन् २०१९ को अक्टोबरमा युक्रेनको नेसनल रेकड्र्स एजेन्सीले जेलेन्स्कीको १४ घण्टे पत्रकार सम्मेलनले बेलारुसका प्रभावशाली नेता अलेक्जेन्डर लुकासेन्कोको सात घण्टाभन्दा लामो रेकर्ड तोडेको दाबी गरेको थियो ।
 
मालदिभ्स सरकारले मुइज्जुको विस्तारित सत्रलाई शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मनाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ ।

उनले समाजमा प्रेसको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्वमा जोड दिएका छन् । 

लामो सत्रको दौडान मुइज्जुले पत्रकारमार्फत जनताका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ पनि दिएका थिए । 

सन् २०२३ मा सत्तामा आएका मुइज्जुको नेतृत्वमा माल्दिभ्स रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा १८० देशमध्ये दुई स्थान माथि चढ्दै १०४औँ स्थानमा पुग्न सफल भएको छ । 

शनिबारको सत्रमा उनले पत्रकार र उनीहरूमार्फत् जनताको विभिन्न प्रश्नको जवाफ दिएको विज्ञप्तिमा उल्लेख छ ।

करिब दुई दर्जन पत्रकारको उपस्थिति रहेको पत्रकार सम्मेलनभन्दा पहिले मुइज्जुका पूर्ववर्तीले सन् २००९ मा समुद्रको सतह बढ्न सक्ने खतरालाई उजागर गर्न पहिलो पटक ‘पानीमुनि मन्त्रीपरिषद्को बैठक’ आयोजना गरेर अर्को विश्व रेकर्ड कायम गरेका थिए । 

पूर्व राष्ट्रपति मोहम्मद नसिदले हिन्द महासागरको पानीमुनि मन्त्री परिषद्को बैठक आयोजना गर्नुभएको थियो भने यसको राष्ट्रिय टेलिभिजनद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो । 

माल्दिभ्स समुद्रको सतह बढाउन सक्ने ग्लोबल वार्मिङविरुद्धको लडाइँको अग्रपङ्क्तिमा छ र विश्वव्यापी तापक्रम वृद्धिले भूमध्यरेखामा छरिएर रहेका एक हजार १९२ साना कोरल टापुहरूको देशलाई दलदलमा पार्न सक्ने जोखिम रहेको छ । 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १ : २२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल