अस्पताल विकास समितिको पारदर्शिताका लागि विधेयक ल्याउने स्वास्थ्यमन्त्रीको तयारी « Khabarhub

अस्पताल विकास समितिको पारदर्शिताका लागि विधेयक ल्याउने स्वास्थ्यमन्त्रीको तयारी


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गरेका छन् । संघीय अस्पताल विकास समितिहरूमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउने एकीकृत विधेयको लक्ष्य छ ।

यसका लागि मन्त्री पौडेलले अघि बढाएको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमाका लागि गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएको छ । मन्त्री पौडेलले अस्पतालपिच्छे रहेका विकास समितिका सेवा शुल्ककको भिन्नता, खर्चमा देखिएको अपारदर्शिता तथा कर्मचारीको नियुक्ति तथा स्थायी प्रक्रियामा एकरुपता ल्याउने गरी सुधार गर्ने उद्देश्य लिएका छन् ।

हाल संघीय अस्पतालमा अस्तित्वमा रहेका बेग्लाबेग्लै समितिले फरक नियम तथा सेवा शुल्क लिने गरेका छन् । यसलाई कम गर्न ऐनमार्फत एकीकृत सेवा तथा नीतिगत व्यवस्था हुने गरी तयारी अघि बढाइएको छ ।

अस्पतालहरूको आन्तरिक आम्दानी–खर्चको प्रवृत्तिसमेत समान नभएकाले यसलाई समेत नयाँ विधेयकमा समेट्ने तयारी मन्त्री पौडेलको छ । कतिपय अवस्थामा बढिरहेको प्रशासनिक खर्चसमेत कम गर्ने लक्ष्य मन्त्रालयले लिएको छ । मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृतिपछि अब नयाँ विधेयकको तर्जुमा प्रक्रिया अघि बढ्ने प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

‘अब विधेयक निर्माणको प्रक्रिया अघि बढ्नेछ, उनले भने, ‘विज्ञहरूको परामर्शका आधारमा मस्यौदा तयार गरिनेछ ।’

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : २५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने