द्वन्द्वपीडितका कुरा सुन्दै प्रधानमन्त्रीले भने- एमाले नेताहरूलाई पनि अमानवीयरुपमा मारिएको छ « Khabarhub

द्वन्द्वपीडितका कुरा सुन्दै प्रधानमन्त्रीले भने- एमाले नेताहरूलाई पनि अमानवीयरुपमा मारिएको छ


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- द्वन्द्वपीडितले दलीय भागबन्डा नभई निष्पक्ष र विश्वसनीय व्यक्तिलाई आयोगको अध्यक्ष र सदस्यमा सिफारिस गरिनु पर्ने माग गरेका छन् । आइतबार प्रधानमन्त्रीसँग द्वन्द्वपीडितका संघसंस्थाले प्रतिनिधिमूलक भेट गर्दै सिफारिस समितिसँग चित्त नबुझेको गुनासो गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले सिफारिस समितिले पीडितसँग परामर्श नगरेको बताए । पीडितसमक्ष प्रधानमन्त्री ओलीले आफूले द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएको बताए ।

‘मलाई पीडितहरूसँग खेल्नु, छक्याउनु र अल्मल्याउनु छैन,’ प्रधानमन्त्री ओलीले भने । उनले शान्तिका पक्षमा लाग्दालाग्दै एमाले नेताहरूलाई पनि अमानवीयरुपमा मारिएको बताए ।

‘हिंसात्मक राजनीतिबाट हामी सबै पीडित छौँ । त्यसबेलाका द्वन्द्वरत पक्ष सरकार र माओवादी पनि पीडित छन् । पीडक पनि त्यहीँभित्र छन् । देशै पीडित छ । अब यस्ता शृङ्खला सँधैका लागि रोकौँ भन्ने हाम्रो प्रयास हो ।’ प्रधानमन्त्री ओलीले भने । उनले सरकारलाई विश्वास गर्न आग्रह गरे ।

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनबमोजिम दुई आयोगको पदाधिकारी सिफारिसका लागि गठन गरेको समितिले प्राप्त आवेदक मध्येबाट संक्षिप्त सूची प्रकाशन गरिसकेको छ ।

भेटका अवसरमा प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेल पनि सहभागी थिए ।

द्वन्द्वकालीन बलात्कारको मुद्दामा माफी हुँदैन : प्रधानमन्त्री

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  २ : ५८ बजे

रौतहटको जयनगरमा फर्निचर मेला

रौतहट– रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको फर्निचर

रियलको जितमा एम्बाप्पेको दुई गोल

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत आइतबार बिहान भएको खेलमा

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित