गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल | Khabarhub Khabarhub

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

उनले सिकलसेल र थालेसिमियाका बिरामीलाई सङ्क्रमक रोगबाट जोगाउन भारत सरकारबाट प्राप्त खोप आज नेपालगञ्जस्थित भेरी अस्पताललाई हस्तान्तरण गर्दै पछिल्लो समयमा नेपालका सबैजसो सरकारी अस्पतालको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भइरहेको बताए ।  

मन्त्री पौडेलले भने, ‘अस्पताललाई अझै बढी सुधार गरेर लैजानुपर्ने आवश्यकता छ ।’ भेरी अस्पतालबाट मुटु, मिर्गौला प्रत्यारोपण र जलनको उपचारका लागि स्थायी दरबन्दी स्वीकृत गरेर व्यवस्थित गराउन खोजिएको जानकारी दिँदै उनले भेरी विशिष्टीकृत अस्पतालका रूपमा विकास हुन थालेकामा खुसी व्यक्त गरे । 

सरकारी अस्पतालका बारेमा विभिन्न प्रकारका नकारात्मक टिप्पणी सुनिने गरिएको बताउँदै मन्त्री पौडेलले त्यस्ता टिप्पणीरहित सेवा प्रदान गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए । 

उनले सरकारले अस्पतालका भौतिक पूर्वाधार र जनशक्ति बढाउने विषयलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै सीमित बजेट र साधन स्रोतका कारण चाहेर पनि धेरै काम गर्न सक्ने अवस्था नरहेको बताए ।

उनले स्वास्थ्य बिमालाई व्यवस्थित गरेर सबैलाई निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य उपचार प्रदान गर्नेतर्फ सरकार गम्भीर भएकामा जोड दिँदै त्यसमा सरोकार भएका र स्वास्थ्यसम्बन्धी निकायको पनि सहयोग आवश्यक पर्ने आवश्यकता औँल्याए । 

मन्त्री पौडेलले भेरी अस्पतालमा सिकलसेलको छुट्टै उपचार कक्ष सञ्चालन गरिएपछि सहज भएको बताउँदै सो रोगबाट जोगाउन समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरे । 

स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले मन्त्रालयले आफ्नो क्षमता अनुसार अस्पतालका माग र आवश्यकता पूरा गर्ने हर सम्भव प्रयास गरिरहेको बताए । अस्पतालका मेडिकल सुपरिटेण्टेण्ट डा निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिका बारेमा जानकारी दिए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अस्पतालका वरिष्ठ नर्सिङ प्रशासक आशा पण्डित र अस्पताल विकास समितिका सदस्य डा डक्टप्रसाद धितालले पनि अस्पतालको अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए ।

मन्त्री पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा देवकोटोले भारतबाट प्राप्त भएको खोपलाई संयुक्त रूपमा भेरी अस्पतालका प्रमुख डा निराजन सुवेदी र सिकलसेल एनिमिया सोसाइटी नेपालका महासचिव राजमोहन चौधरीलाई हस्तान्तरण गरे ।

मन्त्री पौडेलले भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको जलन उपचार कक्ष र ‘सर्जिकलविङ्ग’को पनि उद्घाटन गरे । साथै उनले अस्पतालका विभिन्न विभाग र कक्षमा पुगेर निरीक्षण गर्नुका साथै बिरामीलाई भेटेर उपचारको अवस्थाबारे जानकारी लिएका थिए ।  

भेरी अस्पतालको नयाँ भवनमा सञ्चालनमा आएको छ शय्याको जलन उपचार कक्ष र १४ शय्याको सर्जिकलविङ्गबाट यस क्षेत्रका अग्निपीडित बिरामीको उपचारमा सघाउ पुग्ने अस्पताल विकास समितिले विश्वास लिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ०६ बजे

केही वडाध्यक्षको ‘दोहोरो भूमिका’ले झन् लम्बियो काठमाडौं महानगरमा बजेटको अन्योल

काठमाडौं– देशका छमध्ये पाँचवटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा

कैलालीका बस्ती बाढीको जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र

धनगढी– आगामी दिनहरूमा हुने भारी वर्षाका कारण कैलाली जिल्लाका विभिन्न

सुदूरपश्चिममा योजना खरिदबिक्रीको आरोप, सांसदले मागे छानबिन समिति

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका सांसदहरूले प्रदेश सरकारलाई गम्भीर आरोप लगाएका छन्

भ्रातृ संगठनहरूले महाधिवेशनका लागि गरेको प्रस्तावबारे गगनले गराए बैठकलाई जानकारी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघले आगामी भदौ