गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल « Khabarhub

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

उनले सिकलसेल र थालेसिमियाका बिरामीलाई सङ्क्रमक रोगबाट जोगाउन भारत सरकारबाट प्राप्त खोप आज नेपालगञ्जस्थित भेरी अस्पताललाई हस्तान्तरण गर्दै पछिल्लो समयमा नेपालका सबैजसो सरकारी अस्पतालको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भइरहेको बताए ।  

मन्त्री पौडेलले भने, ‘अस्पताललाई अझै बढी सुधार गरेर लैजानुपर्ने आवश्यकता छ ।’ भेरी अस्पतालबाट मुटु, मिर्गौला प्रत्यारोपण र जलनको उपचारका लागि स्थायी दरबन्दी स्वीकृत गरेर व्यवस्थित गराउन खोजिएको जानकारी दिँदै उनले भेरी विशिष्टीकृत अस्पतालका रूपमा विकास हुन थालेकामा खुसी व्यक्त गरे । 

सरकारी अस्पतालका बारेमा विभिन्न प्रकारका नकारात्मक टिप्पणी सुनिने गरिएको बताउँदै मन्त्री पौडेलले त्यस्ता टिप्पणीरहित सेवा प्रदान गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए । 

उनले सरकारले अस्पतालका भौतिक पूर्वाधार र जनशक्ति बढाउने विषयलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै सीमित बजेट र साधन स्रोतका कारण चाहेर पनि धेरै काम गर्न सक्ने अवस्था नरहेको बताए ।

उनले स्वास्थ्य बिमालाई व्यवस्थित गरेर सबैलाई निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य उपचार प्रदान गर्नेतर्फ सरकार गम्भीर भएकामा जोड दिँदै त्यसमा सरोकार भएका र स्वास्थ्यसम्बन्धी निकायको पनि सहयोग आवश्यक पर्ने आवश्यकता औँल्याए । 

मन्त्री पौडेलले भेरी अस्पतालमा सिकलसेलको छुट्टै उपचार कक्ष सञ्चालन गरिएपछि सहज भएको बताउँदै सो रोगबाट जोगाउन समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरे । 

स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले मन्त्रालयले आफ्नो क्षमता अनुसार अस्पतालका माग र आवश्यकता पूरा गर्ने हर सम्भव प्रयास गरिरहेको बताए । अस्पतालका मेडिकल सुपरिटेण्टेण्ट डा निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिका बारेमा जानकारी दिए ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अस्पतालका वरिष्ठ नर्सिङ प्रशासक आशा पण्डित र अस्पताल विकास समितिका सदस्य डा डक्टप्रसाद धितालले पनि अस्पतालको अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए ।

मन्त्री पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा देवकोटोले भारतबाट प्राप्त भएको खोपलाई संयुक्त रूपमा भेरी अस्पतालका प्रमुख डा निराजन सुवेदी र सिकलसेल एनिमिया सोसाइटी नेपालका महासचिव राजमोहन चौधरीलाई हस्तान्तरण गरे ।

मन्त्री पौडेलले भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको जलन उपचार कक्ष र ‘सर्जिकलविङ्ग’को पनि उद्घाटन गरे । साथै उनले अस्पतालका विभिन्न विभाग र कक्षमा पुगेर निरीक्षण गर्नुका साथै बिरामीलाई भेटेर उपचारको अवस्थाबारे जानकारी लिएका थिए ।  

भेरी अस्पतालको नयाँ भवनमा सञ्चालनमा आएको छ शय्याको जलन उपचार कक्ष र १४ शय्याको सर्जिकलविङ्गबाट यस क्षेत्रका अग्निपीडित बिरामीको उपचारमा सघाउ पुग्ने अस्पताल विकास समितिले विश्वास लिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : ०६ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित