महिला बालबालिका मन्त्रालयको ९ महिना : जोखिममा परेका ८१० महिलाको उद्धार | Khabarhub Khabarhub

महिला बालबालिका मन्त्रालयको ९ महिना : जोखिममा परेका ८१० महिलाको उद्धार


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नौ महिनाको अवधिमा गरेका कामको तथ्याङ्क सार्वजनिक गरेको छ ।

मन्त्रालयलको पहलमा ९ महिनाको अवधिमा जोखिममा रहेका ८१० महिलाको उद्धार गरेको छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका ११० जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्री नवलकिशोर साह सुडीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विभिन्न नीतिगत तथा संरचनागत सुधारमा जोड दिएको बताए ।

मन्त्रालयले नौ महिनाको अवधिमा (२९ पुरुष र ४६ महिला गरी ७५ ज्येष्ठ नागरिकलाई आवास, भरणपोषण, स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको सूचना अधिकारी केशवप्रसाद उपाध्यायले बताए ।

तथ्याङ्क अनुसार यस अवधिमा मन्त्रालयले भारतको काश्मिरमा बन्धक बनाइएका ३२ जना नेपाली पुरुषलाई उद्धार र स्वदेश फिर्तिका लागि परराष्ट्र मन्त्रालयमार्फत दिल्लीस्थित नेपाली दूतावासलाई नपुग रकम दुई लाख ५१ हजार ४३१ रुपैयाँ पठाइएको छ ।

देशभर हराएका तीन हजार ६९८ (बालक एक हजार २६ र बालिका दुई हजार ६७२) बालबालिकाको खोजतलास गरी सोमध्ये फेला परेका तीन हजार १०७ (बालक ८८३ र बालिका दुई हजार २२४) जनालाई परिवारमा पुनर्मिलन गरिएको र हराएकामध्ये ८४ दशमलव ०१ प्रतिशत फेला पारिएको मन्त्रालयको तथ्याङ्कमा छ ।

सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापनको सवालमा मन्त्रालयले बेवारिस अवस्थामा फेला परेका २२२ जना बालबालिका (बालक १२८ र बालिका ९४) मध्ये १३४ जना बालबालिकाको परिवार खोजी गरी पारिवारिक पुनर्मिलन गरिएकामा ६७ जना बालबालिकालाई पालनपोषण तथा संरक्षणका लागि बालगृह तथा अस्थायी संरक्षण सेवा केन्द्रको प्रबन्ध गरी पुनःस्थापना गरिएको÷बेवारिस फेला पारिएको छ । तीमध्ये ६० दशमलव ३६ प्रतिशत बालबालिकाको पारिवारिक पुनर्मिलन गरिएको छ भने ३९ दशमलव ६४ प्रतिशत बालगृहमा अस्थायी संरक्षणका लागि पठाइएको छ ।

यस अवधिसम्म ४३० जना सडक बालबालिकाको उद्धार, संरक्षण, पालनपोषण तथा व्यवस्थापन गर्ने लक्ष्य रहेकामा ४४१ जना सडक बालबालिकाको उद्धार, संरक्षण, पालनपोषण तथा व्यवस्थापन गरिएको जनाइएको छ ।

राष्ट्रिय गैरसरकारी संस्थाका ५८३ वटा परियोजनामा छ अर्ब ९७ करोड ८७ लाख रुपैयाँको कार्यक्रम स्वीकृत गर्नुका साथै सिडमा नेपालको हालसम्मको प्रगति पेस गरिएको मन्त्रालयले जनाएको छ ।

मानव बेचिबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को संशोधन मस्यौदाको प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता भएको, बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०८२ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको तथा मानव बेचबिखनविरुद्धको अध्ययन अनुसन्धान गर्ने विषयमा समिति गठन भई कार्य प्रक्रियामा रहेको मन्त्रालयका प्रवक्ता चक्तबहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ३ : २१ बजे

उपसभापति ‍खड्काले बुझाए सभापतिलाई नीति प्रतिष्ठानको कार्यप्रगति प्रतिवेदन

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा

कैलालीका बस्ती बाढीको जोखिममा : मदन भण्डारी फाउन्डेशनको प्रशासनलाई ज्ञापन पत्र

धनगढी– आगामी दिनहरूमा हुने भारी वर्षाका कारण कैलाली जिल्लाका विभिन्न

सुदूरपश्चिममा योजना खरिदबिक्रीको आरोप, सांसदले मागे छानबिन समिति

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका सांसदहरूले प्रदेश सरकारलाई गम्भीर आरोप लगाएका छन्

भ्रातृ संगठनहरूले महाधिवेशनका लागि गरेको प्रस्तावबारे गगनले गराए बैठकलाई जानकारी 

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघले आगामी भदौ

सुनचाँदी व्यवसायी भन्छन्- आन्दोलनबाट सरकारलाई घुँडा टेकाएरै छाड्छौँ

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै