तराई-मधेश जागरण अभियान सफल भएको माओवादीको दाबी « Khabarhub

तराई-मधेश जागरण अभियान सफल भएको माओवादीको दाबी

जेठ २ बाट पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । बैठकले  ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सफल र फलदायी भएको समीक्षा गरेको छ । 

उक्त अभियानबाट आएका सुझावलाई पार्टीको नीतिमा समेट्ने र विकाश निर्माणको कामका लागि आएका ज्ञापन पत्रलाई दस्ताबेज गरेर अर्थ मन्त्रालयमा बुझाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले खबरहबलाई बताए । यो यात्रामा माओवादीलाई २० जिल्लाका स्थानीयले ज्ञापन–पत्र र मग पत्र बुझाएका थिए । 

यस्तै माओवादीले जेठ २ गतेदेखि मध्य पहाडी लोक मार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने निर्णय आइतबारको बैठकले गरेको सचिव पौडेलको भनाइ छ । 

यस्तै सरकारको आलोचना नगर्ने र सरकार ढाल्ने बनाउने खेलमा पनि माओवादी नलाग्ने पदाधिकारी बैठकमा छलफल भएको छ । 

माओवादीले फागुन १२ गतेदेखि ४५ दिनसम्म तराई मधेसका २० जिल्ला भ्रमण गरेर त्यहाँको स्थितिका विषयमा स्थानीयसँग संवाद गरेको थियो । 

अभियानको नेतृत्व अध्यक्ष प्रचण्ड आफैँले गरेका थिए । अभियानमा पदाधिकारी र जिल्ला नेताहरूको उपस्थिति थियो ।

सरकारबाट बिदा भएपछि माओवादी निरन्तर सडकमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ४३ बजे

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका