तराई-मधेश जागरण अभियान सफल भएको माओवादीको दाबी « Khabarhub

तराई-मधेश जागरण अभियान सफल भएको माओवादीको दाबी

जेठ २ बाट पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । बैठकले  ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सफल र फलदायी भएको समीक्षा गरेको छ । 

उक्त अभियानबाट आएका सुझावलाई पार्टीको नीतिमा समेट्ने र विकाश निर्माणको कामका लागि आएका ज्ञापन पत्रलाई दस्ताबेज गरेर अर्थ मन्त्रालयमा बुझाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले खबरहबलाई बताए । यो यात्रामा माओवादीलाई २० जिल्लाका स्थानीयले ज्ञापन–पत्र र मग पत्र बुझाएका थिए । 

यस्तै माओवादीले जेठ २ गतेदेखि मध्य पहाडी लोक मार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने निर्णय आइतबारको बैठकले गरेको सचिव पौडेलको भनाइ छ । 

यस्तै सरकारको आलोचना नगर्ने र सरकार ढाल्ने बनाउने खेलमा पनि माओवादी नलाग्ने पदाधिकारी बैठकमा छलफल भएको छ । 

माओवादीले फागुन १२ गतेदेखि ४५ दिनसम्म तराई मधेसका २० जिल्ला भ्रमण गरेर त्यहाँको स्थितिका विषयमा स्थानीयसँग संवाद गरेको थियो । 

अभियानको नेतृत्व अध्यक्ष प्रचण्ड आफैँले गरेका थिए । अभियानमा पदाधिकारी र जिल्ला नेताहरूको उपस्थिति थियो ।

सरकारबाट बिदा भएपछि माओवादी निरन्तर सडकमा छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ४३ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको