सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने « Khabarhub

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका सम्बन्धमा गठित उपसमितिले बुझाएको प्रतिवेदन अध्ययनका निम्ति सदस्यहरूलाई वितरण गरेको छ । आउँदो बैठकमा उक्त प्रतिवेदनमाथि छलफल गर्ने निर्णयसमेत गरिएको छ ।

समिति सभापति ऋषिकेश पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले भैरहवा विमानस्थलका सम्बन्धमा गठित उपसमिति संयोजक योगेश भट्टराई सो समितिमा नबस्ने घोषणापछि नयाँ संयोजक चयन गरी यथाशीघ्र प्रतिवेदन बुझाउन उपसमितिलाई निर्देशन दिने निर्णय गरेको छ । 

ती दुवै विमानस्थल निर्माणमा अनियमितता र आर्थिक अपचलन भएको भन्ने समितिमा उजुरी परेपछि अध्ययन उपसमिति गठन गरी छानबिन गरिएको थियो । त्यस क्रममा पोखराका लागि समिति सदस्य राजेन्द्र लिङदेन र भैरहवाका लागि भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीमा रही काम गरेको हुनाले उपसमितिको संयोजकबाट अलग भएर छानबिनमा सहयोग गर्नुपर्छ भनेर प्रश्न उठाइएपछि भट्टराईले संयोजकबाट अलग रहने घोषणा गरेका थिए ।

बैठकले समितिको २३औँ वार्षिक प्रतिवेदन तयार गरी यही महिनाभित्र संसद्मा पेस गर्ने तथा त्यसका लागि आजसम्म उपसमितिहरूले तयार पारेका प्रतिवेदनलाई अनुमोदन गर्ने निर्णय गरेको सभापति पोखरलले जानकारी दिए । 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ५ : ५७ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको