राष्ट्रपतिद्वारा राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्घाटन « Khabarhub

राष्ट्रपतिद्वारा राष्ट्रकविको स्मृतिमा निर्मित उद्यान उद्घाटन


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

लमजुङ– राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रकवि माधव घिमिरे उद्यान’ उद्घाटन तथा उनको सालिक अनावरण गरेका छन् । उनले राष्ट्रकवि घिमिरेको जन्मस्थल मर्स्याङ्दी गाउँपालिका–६ पुस्तुङ बाहुनडाँडामा निर्मित उद्यान र सालिक अनावरण गरेका हुन् ।

साथै राष्ट्रपतिले स्थानीयसँग भेटघाट गरेका छन् । राष्ट्रकवि माधव घिमिरे प्रतिष्ठान तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट २० लाख रुपैयाँ, गण्डकी प्रदेशकै सामाजिक विकास मन्त्रालयबाट चार लाख रुपैयाँ र मर्स्याङ्दी गाउँपालिकाबाट तीन लाख रुपैयाँको सहयोगमा पार्कको संरचना तथा सालिक निर्माण गरिएको हो । 

राष्ट्रकवि माधव घिमिरेको जन्म विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको मर्स्याङ्दी–६, बाहुनडाँडा पुस्तुनमा भएको थियो । उनको २०७७ साल भदौ २ गते १०१ वर्षको उमेरमा काठमाडौँमा निधन भएको हो ।
 

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : १२ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको