कर्णालीमा नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम, ४० कटेकालाई नसर्ने रोगको निःशुल्क उपचार  « Khabarhub

कर्णालीमा नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम, ४० कटेकालाई नसर्ने रोगको निःशुल्क उपचार 


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरेको छ । ४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको निःशुल्क परीक्षणका साथै उपचार गर्ने उद्देश्यले कार्यक्रमको शुभारम्भ भएको हो । 

आइतबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गरेका छन् । 

सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, स्थित गुमी स्वास्थ्य चौकीबाट स्वास्थ्य परीक्षण कार्यक्रमको औपचारिक मन्त्री भण्डारीले शुभारम्भ गरेका हुन् । 

कर्णालीका १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरूको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको मन्त्री भण्डारीले बताए ।

‘पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीका कारण कर्णालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ,’ उनले भने,‘४० वर्ष माथिको जनसंख्यामा नसर्ने रोगको परीक्षण गर्नुको मुख्य उद्देश्य कर्णालीको समग्र स्वास्थ्यको अवस्था पत्ता लगाउने लक्ष्य रहेको छ ।’

प्रदेश सरकारद्वारा महत्वका साथ अघि बढाइएको कार्यक्रममा ४० कटेका महिला तथा पुरुषमा नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य परीक्षण प्रभावकारी हुने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मानकुमारी गुरुङ्गले बताइन् । 

‘नेपालमा नसर्ने रोगहरू दुई तिहाइले बढ्दै गएको र यसबाट कर्णाली पनि अछुतो रहेको छैन,’ उनले भनिन्,‘विशेषज्ञ सेवा नपुगेका क्षेत्रका नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरी अवस्था अनुसार उपचारसमेत गरिनेछ ।’

आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडा स्तरबाटै परीक्षणलाई नियमित बनाइने उनको भनाई छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : १६ बजे

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका