वर्षमान र अग्निलाई साथमा राखेर वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड « Khabarhub

वर्षमान र अग्निलाई साथमा राखेर वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरेका हुन् ।

ओलीले प्रमुख प्रतिपक्षी दलका नेता दाहालसँग सङ्क्रमणकालीन न्यायमा केन्द्रित रहेर छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ । उक्त छलफलमा समसामयिक विषयमा पनि कुरा भइरहेको बताइएको छ ।

यो छलफलबारे प्रचण्डको सचिवालयले पनि पुष्टि गरेको छ । यो छलफलमा प्रमुख सत्तारूढ नेपाली कांग्रेस सहभागी छैन ।

यसअघि टीआसीबारे ओली, प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित त्रिपक्षीय छलफल हुने गरेको थियो ।

तर पहिलो पटक ओलीले माओवादी नेतृत्वसँग अलग्गै संवाद गरेका हुन् । दुई नेताबीचको यो संवादलाई अर्थपूर्ण मानिएको छ ।

यस भेटमा प्रधानमन्त्रीले मानव अधिकारसम्बन्धी सल्लाहकार एवम् एमाले नेता अग्नि खरेललाई सहभागी गराएका छन् । उता प्रचण्डले उपमहासचिव वर्षमान पुनलाई साथमा राखेका छन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ६ : २८ बजे

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक

चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध

बेइजिङ- चीनले थप २० जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण (कालो सूची)

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम