दलको नेता फेर्ने निर्देशन अलपत्र परेपछि प्रचण्डले झिकाए सुदूरपश्चिमका सबै सांसद | Khabarhub Khabarhub

दलको नेता फेर्ने निर्देशन अलपत्र परेपछि प्रचण्डले झिकाए सुदूरपश्चिमका सबै सांसद


२१ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

धनगढी– आफ्नै निर्देशन नमान्ने सुदूरपश्चिम प्रदेश सभाका माओवादी सांसदलाई अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हेटक्वाटर बोलाएका छन् । यस अघि दिएको दुई पटकको निर्देशन नमान्ने सांसदलाई प्रचण्डले काठमाडौं बोलाएका हुन् । दलको नेता बारे माओवादीमा डेढ वर्ष यता विवाद देखिएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेश सभाका सबै सांसदहरूलाई हेडक्वार्टर बोलाएको स्वयम सांसदले पुष्टि गरेका छन् । पटक पटक सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई पठाएको सर्कुलर कार्यान्वयन नगरेपछि आगामी २४ गते बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा सांसदहरूलाई बोलाइएको हो ।

केन्द्रीय कार्यालयबाटै सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन जानकारी गराइएको छ ।

अध्यक्ष ज्यू सुदूरपश्चिम प्रदेशको विषयमा गम्भीर हुनुहुन्छ । ‘हामीलाई २४ गते हेडक्वार्टर आउनुहोस् भन्दै म्यासेज आएको छ ’ एक प्रदेश सभा सदस्यले भने, ‘आफ्नै निर्देशन कार्यान्वयन नभएपछि उहाँ रुष्ट हुनुहुन्छ ।’

२०८० माघ १२ गते बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएपछि माओवादीमा विवाद सुरु भएको थियो । १६ महिनादेखि संसदीय दलको विवाद कायम छ । प्रचण्डले प्रदेश संसदीय दलको नेता परिवर्तन गर्न दुई पटक पत्र पठाउँदा पनि निर्देशन कार्यान्वयन नभएपछि अहिले आफैले त्यस विषयमा चासो राखेका छन् ।

‘प्रचण्डले आफ्नै निर्देशन कार्यान्वयन गराउन नसकेको भन्दै चरम आलोचना भइरहेको छ ’ माओवादी एक नेताले भने, ‘अहिले त्यो विषयमा वारपार गर्ने सोचमा हुनुहुन्छ ।’

अघिल्लो १४ फागुनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सबै सांसदलाई बोलाएर आफू कैलाली पुग्नभन्दा पहिल्यै संसदीय दलको विवाद टुङ्गो लगाउन निर्देशन दिएका थिए । 

आफूले पटक पटक लिखित तथा मौखिक निर्देशन दिँदा पनि उक्त निर्णय नफेरिएपछि  सबैलाई खुमलटार बोलाएर कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेका थिए । प्रचण्डले आफू कैलाली पुग्नुभन्दा पहिल्यै विवाद मिलाउन भनेपछि पनि दुई पटकसम्म उनी कैलाली पुगिसकेका छन् । तर, विवाद भने मिलेको छैन ।

माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न  कैलाली पुगेका प्रचण्ड विवाद नमिल्दै काठमाडौँ फर्किएका थिए । हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान समापनभन्दा भन्दा अघिल्लो दिन कैलाली पुग्दा पनि विवाद मिलेन ।

 संसदीय दलका नेताबाट भट्टलाई हटाइए धामीलाई जिम्मेवारी दिँदा सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।

धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५\५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद, रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।

संसदीय दलका भट्टले बहुमत देखाउन सकेका छैनन् भने धामीले पनि थप सांसदलाई आफ्नो पक्षमा पार्न सकेका छैनन् ।   केन्द्रबाट दलको नेता परिवर्तनको पत्र आउँदा पनि सांसदहरूले चासो नदिएपछि अहिले प्रचण्ड आफैले सबै सांसदलाई काठाडौंमा बोलाएका हुन् ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ७ : ०३ बजे

म्याजिक भ्यानको ठक्करबाट अटोचालकको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुरमा आज एउटा म्याजिक भ्यानले अटोरिक्सालाई ठक्कर

ओलीसँग कांग्रेसको गठबन्धन ‘सुसाइड’ नै हो

काठमाडौं– अध्येता एवं अनुसन्धानकर्ता शंकर तिवारीलाई मानिसहरुले नेपाली कांग्रेसका युवा

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

डोल्पा – डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति

स्रोत नखुलेको ९५ लाख भन्दा धेरै नगदसहित चार जना पक्राउ

काठमाडौं – प्रहरीले स्रोत नखुलेको रकम सहित चार जनालाई पक्राउ

झापा सवारी दुर्घटना : ९ महिनामा ७० जनाको मृत्यु

झापा – झापामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु