सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले भेट्यो गभर्नर र मुख्य दलका प्रमुख सचेतकलाई | Khabarhub Khabarhub

सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले भेट्यो गभर्नर र मुख्य दलका प्रमुख सचेतकलाई


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर नेपाली कांग्रेस तथा एमालेका प्रमुख सचेतकसँग सुनचाँदी व्यवसाय र कालिगढबाट देखिएका समस्याबारे ध्यानाकर्षण गराएको छ । 

संघर्ष समितिले राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचेतक महेश बर्तौलालाई भेट गरी आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा सुनमा व्यवस्था गरिएको २ प्रतिशत विलासिता कर र हिरामा १३ प्रतिशत भ्याट अव्यवहारिक र अनावश्यक रहेकाले तत्काल खारेजका लागि पहल गरिदिन आग्रह गरेको छ ।

गभर्नर तथा प्रमुख सचेतकहरूले उक्त मागमा समाधानका लागि प्रतिवद्धता व्यक्त गरेको समितिले जनाएको छ ।

प्रमुख सचेतकद्वय घिमिरे र बर्तौलाले आफूहरूका मागप्रति विशेष चासो लिँदै सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिसँग  दलकातर्फबाट छिट्टै सामूहिक बैठक बसेर यस क्षेत्रमा देखिएका समस्या समाधानमा विशेष ध्यान दिन बताएको समितिका संयोजक विपेन्द्र रामुदामु (विपिन)ले जानकारी दिए ।

भेटमा नेपाल सुनचाँदी कालिगढ संघका अध्यक्ष अर्जुन विश्वकर्मा, महासचिव हरिबहादुर विश्वकर्मा र संघर्ष समितिका सदस्य शिव कुमार शर्राफसहितको टोली सहभागी थियो । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ११ : १४ बजे

क्लब विश्वकप : अर्जेन्टाइन टोली रिभर प्लेट विजयी

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको

नायक मुकुल देवको मृत्युबारे दाइको खुलासा : एक्लोपन र खानपिनले अवस्था जटिल भयो

काठमाडौं – गत महिना भारतीय नायक मुकुल देवको ५४ वर्षको

व्यावसायिक लिची उत्पादनमा किसानको आकर्षण

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक लिची

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस मनाइँदै

काठमाडौं– आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ ।

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’