संसदमा बोल्ने वातावरण बनाइदिनु पर्‍याे : गृहमन्त्री « Khabarhub

संसदमा बोल्ने वातावरण बनाइदिनु पर्‍याे : गृहमन्त्री


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद् बैठकमा बोल्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन् ।

राज्य व्यवस्था परामर्श तथा सुशासन समितिको बैठकमा बुधबार उपस्थित भएका गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणका बारेमा संसदमा बोल्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका हुन् ।

‘जिज्ञासा यो समितिका मात्रै साथीहरूलाई मात्रै भएको भए यहीँ जवाफ दिएर जान्थेँ,’ बैठकमा समिति सदस्यहरूले भिजिट भिसाबारे राखेको जिज्ञासातर्फ इङ्गित गर्दै उनले भने, ‘अरू साथीहरूलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ ।’

गृहमन्त्री लेखकले आफूमाथि प्रतिपक्षमा रहेका दलहरूले भिजिट भिसाबारे लगाएका आरोपको जवाफ संसदमा दिने पनि बताए । ‘उठेका सबै प्रश्नको जवाफ दिन्छु,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई भिजिट भिसा सेटिङमा संलग्न रहेको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

उनी पक्राउ परेपछि गृहमन्त्री लेखक पनि भिजिट भिसा प्रकरणमा मुछिएका छन् । यसै विषयलाई लिएर प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएका छन् । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ११ : २३ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने