‘चालू वर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनालाई कटौती गरिएको छैन’ « Khabarhub

‘चालू वर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनालाई कटौती गरिएको छैन’


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू वर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरूलाई कटौती नगरिएको बताएका छन् । 

नेपाल पूर्वाधार पत्रकार समाजले बुधबार ललितपुरमा आयोजना गरेको बजेटमा पूर्वाधार क्षेत्र र कार्यान्वयन विषयक कार्यक्रममा पौडेलले केही हजार साना आयोजनाहरू कटौतीमा परे पनि चालू वर्षमा सम्पन्न हुने र दायित्व सिर्जना भएका योजनाहरूलाई कटौती नगरिएको बताएका हुन् ।

उनले आयोजनाहरू अलपत्र हुने अवस्थालाई अन्त्य गर्दै कार्यान्वयनका लागि तीन करोडको सीमा राखिएको स्पष्ट पारे । बजेट अनुशासनका निम्ति तीन करोडको सीमा महत्त्वपूर्ण रहेको उनले बताए । पौडेलले संवेदनशील भूवनोट तथा सवारी चाप भएको स्थानमा दिगो पूर्वाधार निर्माणतर्फ काम अघि बढाउने जिकिर गरे ।

उनले सार्वजनिक खरिद नियमावलीमा भएको १४ औँ संशोधनले केही समस्या समाधान भएपछि पूर्ण नभएकाले निर्माण क्षेत्रमा देखिएका समस्याहरूलाई दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता जनाए  ।  

उनले निर्माण सामग्रीको अभावका कारण आयोजना समयमा नै सम्पन्न नहुने अवस्था अन्त्य गर्न खानीजन्य र नदीजन्य सामाग्री उत्खनन, प्रशोधन र उपयोग गर्दै बाँकी रहे निर्यात गर्ने सरकारको नीति रहेको बताए ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १२ : १६ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने