कटान खोला बगरबाट ११ सय केजी गाँजा बरामद  « Khabarhub

कटान खोला बगरबाट ११ सय केजी गाँजा बरामद 


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुनसरी– प्रहरीले सुनसरीको हरिनगरा गाउँपालिकाको कटान खोला बगरबाट ११ सय केजी बढी गाँजा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार हरिनगरा गाउँपालिकाको वडा नम्बर ५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगरमा पुरेर लुकाइ रहेको अवस्थामा १ हजार १ सय २० किलोग्राम तयारी गाँजा बरामद गरिएको हो ।

नेपालबाट भारती बजारमा गाँजा तस्करी हुने गरेको छ । तर खोलाको बगरमा कसले गाँजा लुकाएर राखेको हो त्यसबारे पहिचान हुन सकेको छैन । मङ्गलबार बेलुका घुस्कीस्थित प्रहरी चौकीले सूचना पाएपछि देवानगञ्जस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्ट, प्रहरी नायब निरीक्षक सुरेश यादव, सुरक्षा वेस क्याम्प बसन्तपुरबाट प्रनानी विष्णुबहादुर दनुवार र जिल्ला प्रहरी कार्यालयबाट प्रनानी महेश ढकाल, शसस्त्र प्रहरी बल घुस्कीबाट सहायक प्रहरी निरीक्षक नरेन्द्र घिमिरे, बसन्तपुर बीओपीबाट सहयक प्रहरी निरीक्षक इन्द्रजंग थापाको संयुक्त टोलीले बगर उत्खनन गरी गाँजा बरामद गरेको हो ।

विभिन्न रङ्गका ३८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको अवस्थामा बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

धनकुटाको शहीदभूमि गाउपालिका क्षेत्रमा सबैभन्दा बढी गाँजा उत्पादन हुने गरेको छ । सुनसरीको बराहक्षेत्र, विष्णुपादुका हुँदै तस्करले ल्याएको तयारी गाँजा भारतीय तस्करले लिन ढिलाई गरेपछि बगरमा लुकाएर राखेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ११ : ४७ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन