‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम सार्वजनिक « Khabarhub

‘नेपाल ट्राभल स्पेसलिस्ट’ अनलाइन पाठ्यक्रम सार्वजनिक


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) नेपालसँगको सहकार्यमा ‘नेपाल ट्राभल स्पेसलिस्ट – बेसिक लेभल’ अनलाइन पाठ्यक्रम सार्वजनिक गरेको छ ।

पाटा नेपाल र नेपाल एयरलाइन्स अन्य निजी क्षेत्रको सहकार्यमा बोर्डले आयोजना गरेको हिमालयन ट्राभल मार्टको उद्‌घाटन सत्रका अवसरमा मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले ‘क्यूआर’ सार्वजनिक गर्दै अनलाइन तालिमको औपचारिक शुभारम्भ गरेका हुन् ।

यसले नेपालका पर्यटन पेशाकर्मीहरूको ज्ञान, दक्षता र सेवा गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु गरिएको अनलाइन तालिमले नेपालको पर्यटन उद्योगलाई दिगो, समावेशी र व्यावसायिक बनाउन सहयोग पुर्‍याउने मन्त्री पाण्डेको भनाइ छ ।

‘सस्टेनेबल टुरिजम प्रोजेक्ट (एसटीपी)’ अन्तर्गत तयार पारिएको यो तालिम नेपाल पर्यटन बोर्डको इ–लर्निङ्ग प्लेटफर्म
https://ntb.caffeinetech.com.np/courses/nepal-travel-specialist-basic मार्फत निःशुल्क रूपमा प्रदान गरिने भएको छ ।

पाठ्यक्रममा नेपालका भौगोलिक, सांस्कृतिक र जैविक विविधता, प्रमुख पर्यटन उत्पादनहरू जस्तै ट्रेकिङ, साहसिक यात्रा, सांस्कृतिक सम्पदा र वेलनेस पर्यटन, दिगो पर्यटनका सिद्धान्त र गन्तव्य संरक्षण, जिम्मेवार यात्रा अभ्यास, जलवायु लचकता, ग्राहक सेवा सीप र आगन्तुकसँगको प्रभावकारी संलग्नता जस्ता विषयवस्तु समावेश गरिएका छन् । यस कार्यक्रममा विशेषतः ट्राभल एजेण्ट, गाइड, टुर अपरेटर, ट्रेकिङ कम्पनी तथा पर्यटन विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरिएको छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यस कार्यक्रमले पर्यटन क्षेत्रका पेसाकर्मीहरुलाई डिजिटल क्षमताको विकासमा एउटा कोसेढुङ्गा हुने बताएका छन् । उनले भने, ‘यूएनडीपीसँगको सहकार्यमार्फत हामी केवल ज्ञान आदानप्रदान गरिरहेका छैनौँ, हामी दिगो, समावेशी र पेशागत पर्यटन उद्योगको जग बलियो बनाउँदैछौँ ।’

नेपालकी रेसिडेन्ट रिप्रिजेन्टेटिभ क्योको योकोसुकाले भनिन्, ‘यो तालिमले पर्यटनमार्फत् जीविकोपार्जनको अवसर विस्तार गर्ने हाम्रो साझा प्रतिबद्धताको प्रतिनिधित्व गर्छ । डिजिटल शिक्षाको माध्यमबाट ग्रामीण क्षेत्रका युवायुवती तथा पर्यटन व्यवसायीहरूलाई सीप र ज्ञानमा पहुँच पुर्‍याउन सकिने सम्भावनालाई हामीले आत्मसात् गरेका छौँ ।’

यो पाठ्यक्रम आफैँले समय मिलाएर सिक्न सकिने ‘सेल्फ–पेस्ड’ अनलाइन मोड्युलमा आधारित छ । यसको सामग्रीहरू भिडियो, क्विज तथा दृश्यात्मक माध्यममा अन्तक्रियात्मक रूपमा तयार गरिएका छन् ।

नेपाल पर्यटन बोर्डले यूएनडीपीसँगको सहकार्यमा सन् २०२५ देखि २०२८ सम्म सञ्चालन हुने ‘सस्टेनेबल टुरिजम प्रोजेक्ट’ले २ हजार ५०० रोजगारी सिर्जना गर्ने तथा ५ हजार जनालाई पर्यटनसम्बन्धी सीप अभिवृद्धि तालिम दिने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १२ : १५ बजे

यातायात भाडा समायोजनको माग

खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान