बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा « Khabarhub

बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्वव्यापी सहायता कटौतीले संयुक्त राष्ट्रसङ्घको बाल एजेन्सी (युनिसेफ) लाई बङ्गलादेशका रोहिङ्ग्या शरणार्थी शिविरहरूमा एक हजारभन्दा बढी शिक्षकलाई बर्खास्त गर्न बाध्य पारेको बताएको छ । एजेन्सीले कोष नआएमा थप रोजगारी जोखिममा रहेको बताएको छ ।

उत्पीडित र प्रायः मुस्लिम रोहिङ्ग्याहरूका करिब १० लाख सदस्य बङ्गलादेशको अस्वच्छ राहत शिविरहरूमा बस्छन् । तीमध्ये अधिकांश छिमेकी म्यान्मामा सन् २०१७ को सैन्य दमनबाट भागेर आएका हुन् । अमेरिकामा नाटकीय रूपमा कोष कटौती भएपछि शिक्षकहरूलाई बर्खास्त गरिएको हो ।

‘विश्वव्यापी सहायता कोष संकटका कारण युनिसेफले रोहिङ्ग्या शरणार्थी बालबालिकाका लागि प्रारम्भिक शिक्षा सेवाहरूलाई प्रभाव पार्ने कठिन निर्णयहरू लिनुपरेको छ’, एजेन्सीले मङ्गलबार राति एक वक्तव्यमा भन्यो ।

युनिसेफले बालबाटिका र प्राथमिक विद्यालयमा काम गर्ने एक हजार एक सय ७९ जनाको सम्झौता समाप्त भएको बताएको छ । बङ्गलादेशी वरिष्ठ सरकारी सहायता अधिकारी मोहम्मद शम्सुद दौजाका अनुसार कटौती हुनुअघि शिविरहरूमा अनुमानित चार हजार शिक्षक थिए । 

मुस्लिम पर्व इदका लागि विद्यालयहरू बन्द छन् तर जुनको अन्त्यमा सत्र सुरु हुने बेलासम्म नयाँ कोष प्राप्त भएन भने थप शिक्षकहरूले आफ्नो जागिर गुमाउन सक्छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा पदमा फर्किंदै अधिकांश विदेशी सहायता कोष स्थगित गरेपछि विश्वभरका मानवीय संस्थाहरू हलचलमा परेका छन् ।

संयुक्त राज्य अमेरिका परम्परागत रूपमा धेरै एजेन्सीहरूका लागि सबैभन्दा ठूलो दाता भएको छ, जसले अचानक बजेट अन्तरहरू भर्न हतारमा काम गरिरहेका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १२ : ५८ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने