संसद् बैठक बस्न नसकेपछि प्रमुख सचेतकसँग छलफलमा सभामुख « Khabarhub

संसद् बैठक बस्न नसकेपछि प्रमुख सचेतकसँग छलफलमा सभामुख


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद् बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

प्रतिनिधिसभामा विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा उनी मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् ।

सभामुख घिमिरे अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ ।

प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाउनुपर्ने अडान लिइरहेका छन् ।

तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने निर्णय लिइसकेका छन् ।

त्यहीकारण जेठ १५ गते प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल पनि अघि बढ्न सकेको छैन । बजेट टेबुल भएपछि छलफल प्रक्रिया अघि बढाउन समस्या भएको छ।

मंगलबारका लागि बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भएको थियो । त्यसपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अझैसम्म सुरू हुन सकेको छैन ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १ : ३९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ