संसद् बैठक बस्न नसकेपछि प्रमुख सचेतकसँग छलफलमा सभामुख « Khabarhub

संसद् बैठक बस्न नसकेपछि प्रमुख सचेतकसँग छलफलमा सभामुख


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद् बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।

प्रतिनिधिसभामा विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा उनी मुख्य दलका प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका हुन् ।

सभामुख घिमिरे अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेको उनको सचिवालयले जनाएको छ ।

प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाउनुपर्ने अडान लिइरहेका छन् ।

तर प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका दलहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने निर्णय लिइसकेका छन् ।

त्यहीकारण जेठ १५ गते प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल पनि अघि बढ्न सकेको छैन । बजेट टेबुल भएपछि छलफल प्रक्रिया अघि बढाउन समस्या भएको छ।

मंगलबारका लागि बोलाइएको बैठक सहमति हुन नसकेपछि बस्दै नबसी स्थगित भएको थियो । त्यसपछि बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अझैसम्म सुरू हुन सकेको छैन ।

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  १ : ३९ बजे

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला