‘जातीय भेदभावविरुद्ध संविधानमा उल्लेख विषय कार्यान्वयनको अवस्था सन्तोषजनक छैन’ « Khabarhub

‘जातीय भेदभावविरुद्ध संविधानमा उल्लेख विषय कार्यान्वयनको अवस्था सन्तोषजनक छैन’


२१ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस, नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको छ ।

यस दिवसका अवसरमा राष्ट्रिय दलित आयोगले काठमाडौंमा दलित समुदायको हक–अधिकारको विषयमा अन्तर्संवाद गरेको थियो ।

कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जातीय भेदभावविरुद्ध संविधानमा उल्लेख विषयहरूको कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको बताए । 

शिक्षा, रोजगारको पहुँचका साथै सार्वजनिक सेवामा रहेका आरक्षण लगाएतका क्षेत्रमा दलित समुदायको अधिकार अपेक्षित रूपमा स्थापित हुन नसकेको उनले बताए । उनले तीनै तहका सरकारले दलित समुदायलाई ध्यानमा राखेर बजेट विनियोजन गर्न जरुरी रहेको धारणा राखे । 

नेपालको संविधानले सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ भने जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्था समेत गरिएको छ । 

तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद अझै हट्न नसकेको दलित अधिकारकर्मीहरूको भनाइ छ । 

प्रकाशित मिति : २१ जेठ २०८२, बुधबार  ३ : ३८ बजे

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

सरकारका प्रवक्ताको दौडधुप, देउवापछि ओली भेट्न पुगे गुण्डू

काठमाडौं- सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ